Advertisement
ताजा खबर

बेरुत हमलामा हिजबुल्ला मुख्यालयका कमान्डरको मृत्यु

प्रतिक्षा खबर
२०८१ आश्विन २२, मंगलवार २०:५४

बेरुत । इजरायलले बेरुतमा गरेको हमलामा हिजबुल्लाह मुख्यालयका कमान्डर सुहैल हुसैन हुसैनीको मृत्यु भएको छ । बेरुतमा रहेको समूहको मुख्यालयमा इजरायली हवाई बल (आईएएफ)ले सोमबार गरेको हमलामा उनको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले मंगलबार दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई इमेल गरेको पत्रमा आईडीएफले हुसैनीको मृत्युको पूष्टि गरेको छ । हुसैनीले इरान र हिजबुल्लाहबीच हतियार ओसारपसारमा मुख्य भूमिका खेल्दै आएका थिए ।

उनले हिजुबुल्लाहको लजिष्टिकको व्यवस्थापन गर्थे भने अन्य सञ्चालनको संयोजन पनि गर्थे ।  तर यसबारे हिजबुल्लाहले कुनै प्रतिक्रिया दिएको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर