Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

महाेत्तरीकाे जिल्ला प्रशासन कार्यालय अगाडि जसपा नेपालको शान्तिपूर्ण विरोध

प्रतिक्षा खबर
२०८२ मंसिर २१, आईतवार १८:०९

जलेश्वर । जनता समाजवादी पार्टी(जसपा) नेपालले आफ्ना २८ बुँदे मागहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन महाेत्तरी जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

पार्टीको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार जसपा नेपालले लगातार तीन दिनदेखि देशव्यापी रूपमा प्रशासन कार्यालयहरू अगाडि प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गर्दै आएको छ ।

जसपा नेपालले यसअघि नै २८ बुँदे मागहरू सार्वजनिक गर्दै त्यसको शीघ्र कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

यही मंसिर १० गतेदेखि नै जसपा नेपालले माग सम्बोधनको लागि देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनस्वरूप धर्ना, विरोध प्रदर्शन र कोणसभा गर्दै आएको छ ।

जसपा नेपालले उठाएका प्रमुख राजनीतिक मागहरूमध्ये संविधान संशोधन/पुनर्लेखन गरी राष्ट्रिय समस्याहरूको समाधान गर्दै मुलुकलाई निकास दिनु पर्ने रहेको छ ।

पार्टीले राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था, र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्ने माग गरेको छ ।

यसैगरी, पार्टीले जेनजीले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गर्नुपर्ने र जेनजी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण भएका हिंसा, हत्या, आगजनी, विध्वंस जस्ता क्रियाकलापहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।

जनसरोकारका विषयमा जसपा नेपालले शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने माग उठाएको छ ।

साथै किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराई सिँचाई, मल खाद, बिउ– बिजन, कीटनाशक औषधी र कृषि बजार को व्यवस्था गरिनु पर्ने माग पनि पार्टीले जोडदार रूपमा राखेको जसपा नेपालकाे केन्द्रीय सदस्य दिपक झा गुडुले बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर