Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

महाेत्तरीकाे जिल्ला प्रशासन कार्यालय अगाडि जसपा नेपालको शान्तिपूर्ण विरोध

प्रतिक्षा खबर
२०८२ मंसिर २१, आईतवार १८:०९

जलेश्वर । जनता समाजवादी पार्टी(जसपा) नेपालले आफ्ना २८ बुँदे मागहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन महाेत्तरी जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

पार्टीको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार जसपा नेपालले लगातार तीन दिनदेखि देशव्यापी रूपमा प्रशासन कार्यालयहरू अगाडि प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गर्दै आएको छ ।

जसपा नेपालले यसअघि नै २८ बुँदे मागहरू सार्वजनिक गर्दै त्यसको शीघ्र कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

यही मंसिर १० गतेदेखि नै जसपा नेपालले माग सम्बोधनको लागि देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनस्वरूप धर्ना, विरोध प्रदर्शन र कोणसभा गर्दै आएको छ ।

जसपा नेपालले उठाएका प्रमुख राजनीतिक मागहरूमध्ये संविधान संशोधन/पुनर्लेखन गरी राष्ट्रिय समस्याहरूको समाधान गर्दै मुलुकलाई निकास दिनु पर्ने रहेको छ ।

पार्टीले राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था, र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्ने माग गरेको छ ।

यसैगरी, पार्टीले जेनजीले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गर्नुपर्ने र जेनजी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण भएका हिंसा, हत्या, आगजनी, विध्वंस जस्ता क्रियाकलापहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।

जनसरोकारका विषयमा जसपा नेपालले शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने माग उठाएको छ ।

साथै किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराई सिँचाई, मल खाद, बिउ– बिजन, कीटनाशक औषधी र कृषि बजार को व्यवस्था गरिनु पर्ने माग पनि पार्टीले जोडदार रूपमा राखेको जसपा नेपालकाे केन्द्रीय सदस्य दिपक झा गुडुले बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर