Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

राजावादीहरुको प्रदर्शन गैरराजनीतिक एवं अपराधिक : जसपा नेपाल

प्रतिक्षा खबर
२०८१ चैत्र १६, शनिबार १४:१८

जनकपुरधाम, चैत १६ । जनता समाजवादी पार्टी नेपालले राजावादीहरुले गरेको आन्दोलन गैरराजनीतिक एवं अपराधिक रहेको जनाएको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले आज एक विज्ञप्ति जारी गरि पार्टी विचार राख्न, सभा, संगठन गर्न, विरोध गर्न पाउने स्वतन्त्रता र अधिकारकोपक्षमा रहेपनि चैत १५ गते हिन्दु राज्य र राजसंस्था पुर्नस्थापनाको नाउमा भएको गैर राजनीतिक एवं अपराधिक क्रियाकलाप कुनै पनि हालतमा स्वीकार्य नगर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई नै समाप्त पारी मुलुकमा एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था र हिन्दूराज्यको नाममा प्रतिगामी तथा प्रतिक्रान्तिकारी उदेश्यका लागी २०८१ साल चैत्र १५ गतेका दिन गरिएको कार्यक्रम अनियन्त्रित, अराजक तथा हिंसक भई लुटपाट, तोडफोड र आगजनीमा परिणत हुनुका साथै निर्दोष व्यक्तिहरूको निर्मम्तापूर्वक हत्यासमेत गरिएका छन् । कुनै पनि वाहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिदैन । यस्ता गैर–राजनीतिक एवं अपाराधिक हिंसक क्रियाकलापको जनता समाजवादी पार्टी, नेपाल घोर निन्दा र भत्र्सना गर्दछ ।’

विगतका तीन दशक देखि कांग्रेस र कम्युनिष्टहरूले गरेको शासन , सत्ता र शक्तिको दम्भले गर्दा जनतालाई प्रत्याभूति हुने गरी सुशासन, विकास र समृद्धिका लागि कार्य गर्न नसक्दा आम जनतामा उत्पन्न भएको नैराश्यता र आक्रोशको अवस्थालाई उपयोग गरी अस्थिरता मच्चाउने तत्वहरु सक्रिय भएको जसपा नेपालले ठहर गरेको छ।

विज्ञप्तिमा अगाडी भनिएको छ ,‘नेपाल सरकारले शान्ति सुरक्षा कायम गर्न, जनधनको सुरक्षा गर्न र हिंसात्मक गतिविधिहरू रोक्न असफल र असक्षम सावित भएका छन् । जनआन्दोलन, जनसंघर्ष र जनविद्रोहको माध्यमद्वारा जनताले त्याग तपस्या, कठोर संघर्ष र बलिदान दिएर प्राप्त गरेका उपलब्धिहरू– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली, धर्म निरपेक्षता, नागरिक स्वतन्त्रता, मौलिक हक, समावेशीता आदिको सरकारले रक्षा गर्न सक्दैन भन्ने आशंका उत्पन्न भएका छन् ।’

काठमाडौंको कोटेश्वर, जडिबुटी र तिनकुने लगायतका स्थानहरूमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न उच्च स्तरीय न्यायिक छानवीन तथा जाँचबुझ आयोग गठन गरी छानवीन तथा अनुसन्धान हुनु पर्ने मांग गर्दै जसपा नेपालले यस्ता घटनामा संलग्न रहेका दोषि वा जिम्मेवार व्यक्तिहरूलाई कानून बमोजिम दण्ड सजाय दिलाउनु मांग गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर