Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

नरेन्द्र मोदीलाई पाकिस्तानको निमन्त्रणा

प्रतिक्षा खबर
२०८१ भाद्र १६, आईतवार ०७:५४

नयाँ दिल्ली । यस वर्ष अक्टोबरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सिएचजी) को व्यक्तिगत बैठकका लागि भारतले पाकिस्तानबाट निमन्त्रणा प्राप्त गरेको छ ।

विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा इस्लामावादको निमन्त्रणा पुष्टि गर्दै विदेश मन्त्रालयसँग साझेदारी गर्न कुनै अपडेट नभएको बताए ।
“हो, हामीलाई सिएचजीको बैठक (एससीओ बैठक) का लागि पाकिस्तानबाट निमन्त्रणा प्राप्त भएको छ, हामीसँग यसबारेमा कुनै अपडेट छैन, अवस्था के हो पछि थाहा पाउनेछौँ”, उनले भनेका छन् ।

जियो न्युजको रिपोर्टअनुसार सिएचजीको ‘रोटेटिङ’ अध्यक्षता गरेको पाकिस्तानले यस वर्षको अक्टोबरमा इस्लामाबादमा एससिओ बैठकको आयोजना गर्दैछ । पाकिस्तान समाचार आउटलेटले साप्ताहिक समाचार ब्रिफिङका क्रममा पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मुमताज जहरा बलुचलाई उद्धृत गर्दै पाकिस्तानले इस्लामाबादमा हुने आगामी सिएचजी बैठकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत एससिओ सदस्य देशका सबै शासनाध्यक्षलाई निमन्त्रणा दिएको बताएको छ ।

साङ्घाई सहयोग सङ्गठन सन् २००१ जुन १५ मा कजाकिस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानले स्थापना गरेको स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हो ।  हाल एससिओमा भारत, इरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, उज्बेकिस्तान र ताजिकिस्तानसहित नौ मुलुक सदस्य छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर