Advertisement
ताजा खबर
साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती
साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती

उपनिर्वाचनमा मधेसकेन्द्रित दल : तालमेल कि एक्लै चुनाव लड्ने ?

प्रतिक्षा खबर
२०८१ आश्विन २४, बिहीबार २०:३२
मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाहेक तराई मधेस केन्द्रित सबै दलहरू सहभागी हुने भएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।

लोसपाले तयारी नपुगेको भन्दै उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता नै गराएको छैन । लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले आफूहरूको तयारी नपुगेको कारण दल दर्ता नगराएको जानकारी दिए ।

लोसपाकै एक नेताका अनुसार मधेसका थोरै स्थानीय तह र अधिकांश पहाडका स्थानीय तहमा चुनाव हुने भएकाले पहाडमा चुनाव हार्नुभन्दा भागै नलिने निष्कर्षसहित आयोगमा दर्ता नगराएको हो ।

जनता समाजवादी पार्टी नेपालका महासचिव लालबाबु राउतले चुनावी प्रयोजनका लागि दल दर्ता भइसकेको बताए । तर उनले चुनावमा कसरी जाने भन्ने विषयमा छलफल हुन बाँकी रहेको बताए ।

उनले भने, ‘चुनाव प्रयोजनका लागि दल मात्र दर्ता भएको छ । चुनावमा कसरी अगाडि बढ्ने वा कसैसँग तालमेल गर्ने कि एक्लै लड्ने, कहाँ कहाँ उम्मेदवार उठाउने लगायतका विषयमा छलफल हुन बाँकी छ ।’ पार्टीका अध्यक्ष उपेन्द्र यादव देश बाहिरबाट बैठक बसेर सबै कुरामा छलफल गर्ने राउतको भनाइ छ ।

जनमत पार्टीका उपाध्यक्ष ई. दीपक साहले पनि चुनावमा भाग लिने निर्णय भएको भन्दै त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता समेत गरेको बताए । चुनावी तालमेलबारे कुनै निर्णय गरिनसकेको साहको भनाइ छ ।

‘अहिलेसम्म एक्लै चुनाव लड्ने मनस्थिति पार्टीभित्र रहेको छ, चुनाव नजिक आएपछि कस्तो माहौल बन्छ त्यसपछि निर्णय लिने कुरा हुन्छ तर अहिले एक्लै नै चुनाव लड्ने पक्षमा रहेका छौँ,’ उनले भने, ‘जनमत पार्टी पहिला पनि एक्लै चुनाव लडेर आएको पार्टी हो, यो उपचुनावमा पनि एक्लै चुनाव लड्ने सम्भावना छ । यद्यपि आधिकारिक निर्णय हुन बाँकी छ ।’

जसपाले पनि उपनिर्वाचनमा भाग लिने निर्णय गरेर दर्ता गरिसकेको छ । जसपाका महासचिव इस्तियाक राईले सबै ठाउँमा उम्मेदवार उठाउने निर्णय गरेको बताए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा निर्वाचन आयोगमा दर्ता नभएको र संगठन समेत नरहेको भनेर भ्रम फैलाइरहेको भन्दै उनले त्यसको जवाफ दिन पनि आफूहरूले चुनावमा भाग लिने पक्षमा रहेको राईको भनाइ छ ।

‘चुनावी तालमेलका लागि अहिले केही सोचेका छैनौँ, तर चुनावमा भाग लिन्छौँ,’ उनको भनाइ छ ।

मधेस प्रदेशका विभिन्न जिल्लामा कांग्रेसले जितेका चार, माओवादी र लोसपाको एक–एक वटा वडा खाली छन् । रौतहटको ईशनाथ नागरपालिका वडा नम्बर–७ मा लोसपाले अध्यक्ष जितेको स्थानमा उपचुनाव हुन लागेको छ । तर यसपटक लोसपाले भाग नलिने भएकाले उक्त स्थानमा कसले बाजी मार्ला भन्ने स्थानीयमा चासो बढेको छ ।

  • कति स्थानमा हुँदैछ उपनिर्वाचन ?

जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१  पदमा उपनिर्वाचन हुँदैछ ।

मोरङ र दैलेखमा दुईटा गाउँपालिकाका अध्यक्षको चुनाव हुँदैछ ।

काठमाडौँ जिल्लामा कीर्तिपुर नगरपालिका मेयरमा पनि चुनाव हुनेछ भने दोलखा, हुम्ला, बाजुरा, जाजरकोट, रुकुमपूर्वमा उपाध्यक्ष पदमा चुनाव हुनेछ । तेह्रथुम, ओखलढुङ्गा, उदयपुर–२, सप्तरी, धनुषा, रौतहट–३, काठमाडौँ–३, नुवाकोट, गुल्मी, रोल्पा, बर्दिया, रुकुम, डोटी, कञ्चनपुर, झापा, सुनसरी, गोरखा, दैलेख, डोल्पा, बझाङ, महोत्तरी, मकवानपुर, कालिकोट, जाजरकोटमा वडा अध्यक्षको उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ । ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखको निर्वाचन पनि हुनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर