Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन सभामुखले चौथोपटक पनि गरे इन्कार

प्रतिक्षा खबर
२०८१ मंसिर ७, शुक्रबार १६:५८

७ मंसिर,  सभामुख देवराज घिमिरेले जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ (सापकोटा)लाई पदबाट हटाउन चौथोपटक पनि इन्कार गरेका छन् ।

जनमत पार्टीले पेस गरेका ‘डकुमेन्ट विश्वसनीय नभएको’ भन्दै सभामुख घिमिरेले सांसद सापकोटालाई नहटाउने निर्णय गरेका हुन् ।

जनमत पार्टीले अनुशासन विपरीतको काम गरेको भन्दै सापकोटालाई कारबाहीको निर्णय गरेको थियो । साथै पार्टीले कारबाही गरिसकेको भन्दै सांसद पदबाट पनि हटाउन माग गर्दै जनमत पार्टीका संसदीय दलका नेता सीके राउतले सभामुखलाई पत्र पठाएका थिए ।

तर सभामुख घिमिरेले आज कम्बोडिया जानुअघि सांसद सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले भने, ‘जनमत पार्टीले जुन डकुमेन्ट पेस गरेको छ, त्यो नमिलेकाले सूचना टाँस गर्नुपरेन ।

सापकोटालाई पदबाट हटाइएको सूचना सभामुखले टाँस गर्नुपर्ने मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ र चौथोपटक यही कात्तिक २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।

सांसद सापकोटाले भने आफूले गलत गरेको प्रमाणित गरेर देखाउन सीके राउतलाई चुनौती दिएकी छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर