Advertisement
ताजा खबर
नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक

श्रीलंकाका नयाँ राष्ट्रपति दिशानायकेले लिए शपथ

प्रतिक्षा खबर
२०८१ आश्विन ७, सोमबार १३:३४

७ असोज, काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले शपथ लिएका छन् ।

शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । श्रीलंकाका नवौं राष्ट्रपतिका रुपमा उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कोलम्बोबाट करिब १७७ मिलोमिटर टाढा थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञान विषयमा डिग्री हासिल गरेका छन् । उनी स्कुले जीवनबाट जेभीपी (जनता विमुक्ति पेरामुना) मा आबद्ध भएका थिए ।

शपथपछि देशबासीलाई सम्बोधन गर्दै राष्ट्रपति दिशानायकेले सत्ता हस्तान्तरणका क्रममा सराहनीय उदाहरण स्थापित गरेकोमा निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेप्रति अभार व्यक्त गरे । साथै आफ्नो कार्यकालमा लोकतान्त्रिक मूल्य मान्यता कायम राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।

श्रीलंकाका राजनेता र राजनीतिबारे व्यापक नकारात्मक धारणा रहेको भन्दै उनले नेता र राजनीतिक व्यवस्थाप्रति सम्मान र विश्वास फर्काउन आवश्यक सबै कदम चाल्ने बताएका छन् ।

‘हाम्रोसामु जुन गहिरो संकट छ, यो कुनै एउटा सरकार, पार्टी वा व्यक्तिले अन्त्य गर्न सक्दैन’, राष्ट्रपति निशानायकेले भनेका छन्, ‘मैलै पहिले पनि भनेको छु, म कुनै जादुगर होइन । म यो देशमा जन्मिएको एक आम मानिस हुँ ।

संकट समाधानका लागि समूहिक प्रयासमा जोड दिएका उनले भने, ‘मेरो प्राथमिकता सबै प्रतिभाको आत्मसाथ गर्ने, ज्ञान एकीकृत गर्ने र राज्य सञ्चालनमा राम्रो निर्णय गर्ने हुनेछ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर