Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

दाङको देउखुरीमा करेन्ट लाग्दा श्रीमान- श्रीमतीको मृत्यु

प्रतिक्षा खबर
२०७९ श्रावण १६, सोमबार २१:१२

दाङमा करेन्ट लागेर दुई जनाकाे मृत्यु भएको छ ।
सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षिय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिनुभएकाे छ ।
त्यस्तै बासु गाहा मगरकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते हुनुभएकाे छ । घाइतेको प्रस्तावित भालुबाङ अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी निरिक्षक शाहले जानकारी दिनुभएकाे छ । घर भित्र भाउजूले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुँदा करेन्ट लागेको थियो ।
करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान बासुले काँचाे लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उहाँको शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटना स्थलमा मृत्यु हुन पुगेको राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी (अनुप) ले जानकारी दिनुभएकाे छ ।
मृतक बासु र हिमाको शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर