Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

युक्रेनी सेनाद्वारा कुर्स्क क्षेत्रमा अर्को ठुलो हमला, एउटा पुल ध्वस्त

प्रतिक्षा खबर
२०८१ भाद्र १, शनिबार ११:०२

मस्को । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सीम नदीमा रहेको एउटा पुल भत्काएको छ । ग्लुसकोवो सहर नजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भागको अन्य स्थानबाट सम्पर्कविच्छेद भएको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बताइएको हो ।

युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग गरिँदै आएको थियो । युक्रेनी राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीका अनुसार आफ्नो सेनाले कुर्स्कमा उपस्थिति बलियो बनाउँदै गएको छ । कुर्स्क क्षेत्रको बदलामा उनीहरूले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्ने  जेलेन्स्कीले बताएका छन् ।

यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए । सिर्स्कीका अनुसार सेनाले यस कार्यालयबाट रुसमाथि हमला गर्न जारी राखेको छ ।

युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् । युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्नो कब्जा जमाएको दाबी गरेको थियो ।

जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा हालसम्म ३५ किलोमिटर अगाडि बढेका छन् । यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण हो । तर युक्रेनले रुसको भूभाग कब्जा गर्न आफूहरू इच्छुक नभएको बताएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर