Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

२९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग

प्रतिक्षा खबर
२०८३ भाद्र १९, शुक्रबार १९:२४

१९ भदौ, काठमाडौं । भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता प्रदान गरेका छन्, भने केही मुलुकले आर्थिकसहित माननीय सहायता सामग्री पठाएका छन् ।

परराष्ट्र मन्त्रालयको शुक्रबार दिउँसोसम्मको प्रेस ब्रिफिङअनुसार विपद्का बेला समयमै ऐक्यबद्धता र सहयोग उपलब्ध गराउनेमा भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक गणतन्त्र छन् ।

त्यस्तै त्यस्तै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायत अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि सहयोग प्रदान गरेका छन् । व्यक्तिगत र सामाजिक संस्थाहरूले पनि नेपाललाई सहयोगको घोषणा गरेका छन् । उनीहरूको सहयोगप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ ।

शव पहिचानका लागि चार देशका फरेन्सिक टोली

बाढीमा परेर मृत्यु भएकाका शव पहिचानका लागि चार देशका फरेन्सिक टोली पनि नेपालमा खटिएका छन् । मृतकको शवबाट डीएनए संकलन, विश्लेषण तथा पहिचान प्रक्रियालाई तीव्र बनाउन भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोली नेपाल आएको परराष्ट्र मन्त्रालय जनाएको छ ।

उनीहरूले नेपाल प्रहरी तथा सम्बन्धित अन्य निकायसँग सहकार्य गर्दै मृतकका अवशेषको डीएनए परीक्षण तथा पहिचान कार्यलाई तीव्रता दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर