Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

आरक्षण विरोधी आन्दोलनका मृत्युका दोषीविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाँदै बंगलादेश

प्रतिक्षा खबर
२०८१ श्रावण ३१, बिहीबार ०६:२६

ढाका । सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध भएको आन्दोलनका क्रममा भएको मृत्युका लागि जिम्मेवार व्यक्तिविरुद्ध बंगलादेश अन्तर्राष्ट्रिय अदालत जाने भएको छ । जुलाईको मध्यममा आन्दोलन सुरु भएपछि ज्यान गुमाउनेहरूलाई न्याय दिलाउन बंगलादेशको अन्तरिम सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायर गर्ने भएको हो ।

अन्तरिम सरकारमा कानुन, न्याय र संसदीय मामिलाका सल्लाहकार आसिफ नजरुलले बुधवार भने, ‘आरक्षण सुधार आन्दोलनका क्रममा भएको नरसंहार र गोली काण्डको सुनुवाइका लागि केही मुद्दा दर्ता भइसकेको छ । तर विद्यार्थी, मानवअधिकार सङ्गठन र अन्य धेरैले यसलाई मानवता विरुद्धको अपराधका रूपमा छानबिन गरिनुपर्छ भनिरहेका छन् ।’

जुलाईमा भएको नरसंहारका लागि जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा कारबाही गर्न सकिन्छ भन्ने भएपछि यो कदम चालिएको पनि उनले बताए ।

‘अनुसन्धान टोलीले संयुक्त राष्ट्रसङ्घ अन्तर्गत काम गर्नेछ । हत्यामा संलग्न पूर्वप्रधानमन्त्री शेख हसिना लगायत कसैलाई पनि छुट दिइने छैन’ आसिफ नजरुलले भनेका छन् । बङ्गलादेशमा गत जुलाईमा शेख हसिना सरकारविरुद्धको आरक्षण विरोधी आन्दोलनमा सयौँ विद्यार्थी प्रदर्शनकारीको हत्या भएको थियो । मर्नेमा दर्जनौँ प्रहरीहरू पनि थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर