Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नयाँ मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेश प्रमुख कार्यालयमा तनाव, सेना परिचालन

प्रतिक्षा खबर
२०८२ आश्विन २९, बुधबार १८:०८
२९ असोज, जनकपुरधाम । मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा समूहले आ-आफ्नो दाबी पेस गरेपछि प्रदेश प्रमुख कार्यालयमा अहिले तनाव बढेको छ ।

मुख्यमन्त्रीका लागि दाबी पेस गरेका दुवै पक्ष  प्रदेश प्रमुख कार्यालय पुगेपछि तनाव बढेको हो ।

दुवै पक्षबीच हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर प्रदेश  प्रमुखको कार्यालय परिसरमा ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ ।

बुधबार बिहान सुरुमा लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमतसहित ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष ५७ सांसदको दाबी पेस गरेका थिए ।

त्यस लगत्तै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमाले र जनमतका सांसदहरूको हस्ताक्षर सहित ५८ सांसदकको दाबी पेस गरेका थिए । मधेशमा जनमतका १३ सांसद छन् ।

तर आजै निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र पूर्व वनमन्त्री त्रिभुवन साह निर्वाचन कार्यालय पुगेर जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।

सिंह र साह नयाँ जनस्वपामा सनाखत गर्न जनकपुरस्थित निर्वाचन कार्यालय जाने क्रममा जनमतका नेता तथा कार्यकर्ताहरूले अवरोध गरेपछि झडप समेत भएको थियो ।

जनमतले आज प्रदेश प्रमुख कार्यालयमा एउटा पत्र बुझाउँदै आफूहरूको समर्थन सोनाललाई रहेको बताएको थियो । त्यस विषयमा प्रदेश प्रमुख कार्यालयले पनि जानकारी गराएको छ ।

मुख्यमन्त्रीको नियुक्तिको विषयलाई लिएर अहिले प्रदेश प्रमुख कार्यालयमा दुवै पक्षबीच छलफल जारी रहेको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर