Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

जसपा नेपालले सबै केन्द्रीय सदस्यलाई भुगोलमा खटायो

प्रतिक्षा खबर
२०८१ भाद्र ७, शुक्रबार २१:१५

जनता समाजवादी पार्टी (जसपा) नेपालले भदौ ९ गतेदेखि सुरु गर्न लागेको संगठन सुदृढीकरण चार महिने अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । अभियानको काठमाडौँमा उद्घाटन गर्ने र त्यसपछि विधिवत रुपमा सातै प्रदेशमा सञ्चालन गरिने तय भएको कार्यकारिणी सदस्य मनिष सुमनले जानकारी दिए ।

काठमाडौँको कार्यक्रममा बागमती प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।  पछि अन्य प्रदेशहरुमा यस्तै एउटा एउटा कार्यक्रम गर्ने र स्थानीय तहसम्म नेता तथा कार्यकर्तालाई परिचालन गर्ने तयारी रहेको नेता सुमनले बताए ।

जसपा नेपालका प्रत्येक केन्द्रीय सदस्यलाई स्थानीय तहसम्म खटाइएको छ । सो पार्टीमा २१५ जना केन्द्रीय सदस्य छन् । नौ जनाका कार्यकारिणीबाहेक सबैलाई यो अभियानमा जिम्मेवारी तोकिएको जसपाले जनाएको छ  । यस्तै केन्द्रीय सदस्यहरुलाई फरक फरक पालिका दिइएको छ ।

स्थानीय तहमा खटिने केन्द्रीय सदस्यलाई प्रदेश समिति र जिल्ला समितिले पनि सघाउने छ । कार्यक्रम कसरी सञ्चालन गर्नेलगायतका विषयमा तल्ला तहका समितिले सहयोग गर्नेछ ।

यो अभियानको मुख्य उद्देश्य नै संगठन विस्तार गर्ने हो । साधारण सदस्यदेखि लिएर क्रियाशिल सदस्यको संख्या बढाउने उद्देश्य अभियानबाट राखिएको छ । २०८४ सम्म पाँच लाख पार्टीका क्रियाशिल सदस्य पुर्याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठकमा बताएका थिए ।

सोही अनुरुप अभियानको अवधिमा धेरै भन्दा धेरै व्यक्तिलाई पार्टीमा ल्याउने, पार्टीको नीति सिद्धान्त र विचारबारे प्रशिक्षित गर्ने योजना बनाइएको नेता सुमनले बताए । सुमनका अनुसार सबै जना केन्द्रीय सदस्यलाई एउटा एउटा डायरी दिइने भएको छ । अभियानको अवधिमा आफूले गर्ने गतिविधिको बारेमा सो डायरीमा उल्लेख गर्ने र अभियान सकेपछि त्यो डायरी नै पार्टीलाई बुझाउनुपर्ने निर्णय पार्टीले गरेको छ ।

जसपा नेपालले भदौ १५ गते जनकपुर र १६ गते वीरगञ्जमा अर्को कार्यक्रमको आयोजना गरेको छ । १५ गतेको कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका कार्यकर्ता र नेता सहभागी हुनेछन् भने १६ गतेको कार्यक्रममा रौतहट, बारा, पर्सा र हेटौडा समेतका कार्यकर्ता सहभागी हुने जसपा नेपालले जनाएको छ ।

भदौ १८ गते कोशी प्रदेशमा कार्यक्रम हुने छ भने त्यसमा सो प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ । भदौ २३ गते लुम्बिनी प्रदेशको भैरहवामा र २४ गते नेपालगञ्जमा कार्यक्रमको आयोजना हुने बताइएको छ ।

त्यस्तै, भदौ २५ गते गण्डकी प्रदेशको पोखरा र सुदुरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने जसपा नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर