Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

मधेस प्रदेशमा एकीकृत समाजवादीले जसपा नेपाललाइ साथ नदिने गरे घाेषना

प्रतिक्षा खबर
२०८१ जेष्ठ १९, शनिबार २२:२१

मधेस प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी पार्टी नेपाललाई साथ नदिने भएको छ । शनिवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनबिचको भेटमा अध्यक्ष नेपालले सो कुराको जानकारी गराएका हुन् ।
भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टी केन्द्र सरकारमा रहेको र अन्य प्रदेशमा पनि सहभागी भएको बताउँदै यस्तो अवस्थामा विपक्षी गठबन्धनलाई सघाउन नमिल्ने स्पष्ट पारेको स्रोतले दाबी गरेको छ ।
भेटघाटका क्रममा उनले आफ्नो पार्टीभित्र पनि समस्या भएको बताएका थिए । अध्यक्ष नेपालले छलफलका क्रममा भनेका थिए, ‘मधेस प्रदेशको विपक्षी गठबन्धनमा जसपा नेपाललाई सघाउन मन भए पनि पार्टीमा अन्य नेताहरूले नमान्ला जस्तो छ, अरू पार्टीभन्दा हाम्रो पार्टीको अवस्था अलि फरक रहेका कारण समर्थन गर्न गार्‍हो हुने भयो ।
तर प्रवक्ता सुमनले एकीकृत समाजवादी मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिनेमा सकारात्मक रहेको दाबी गरे । अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठकमा यसबारे छलफल गरी निर्णय लिने आफूलाई जानकारी गराएको समेत उनले बताए ।
मधेसमा जसपा नेपालका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादी अझै पनि जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी रहेको छ ।
जसपा नेपालले कांग्रेस, लोसपा नेपाल, एकीकृत समाजवादीले विश्वासको मत दिने दाबी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर