Advertisement
ताजा खबर
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा

भारतमा लोकसभा चुनाव आजबाट, ७ मन्त्रीसहित चर्चामा छन् यी अनुहार

प्रतिक्षा खबर
२०८१ बैशाख ७, शुक्रबार १७:२३

७ वैशाख, काठमाडौं । भारतमा लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल चुनावी भिडन्तमा रहेका छन् ।
पहिलो चरणमा अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालयमा मतदान छ । यस्तै, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबारमा पनि आजै मतदान हुन्छ ।
पहिलो चरणमा चुनाव हुने अन्य क्षेत्रमा जम्मु-कश्मीर, लक्षद्वीप, पुडुचेरी छन् । कुल २१ राज्यबाट पहिलो चरणको चुनावमा १०२ लोकसभा सदस्य चयन हुनेछन् ।
पहिलो चरणमा उत्तर प्रदेशको आठ सिट, पश्चिम बंगलाको तीन सिट, महाराष्ट्रको पाँच सिटमा चुनाव छ । यस्तै, छत्तीसगढको एक, राजस्थानको १२, मणिपुरको २ र तमिलनाडुको ३९ सिटमा चुनाव छ । यता उत्तराखण्डको पाँच सिटमा, अरुणाचलको २ सिट र मेघालयको २ सिटमा पनि चुनाव छ । पुडुचेरी र सिक्किममा पनि पहिलो चरणमा एक/एक सिटका लागि मतदान छ ।
पहिलो चरणको चुनावमा मोदीका मन्त्रिपरिषद्का आठ सदस्यको भविष्य निर्धारण हुनेछ ।
पहिलो चरणको चुनावमा यी प्रमुख नेता चुनावी मैदानमा छन् ।
नितिन गडकरी
संघीय सडक तथा पारवहन मन्त्री नितिन गडकरी महाराष्ट्रको नागपुरबाट चुनावी मैदानमा छन् । गडकरी यस चुनाव क्षेत्रबाट ह्याट्रिकको कोसिसमा छन् । उनले सन् २०१४ मा पहिलोपटक यहाँबाट चुनाव जितेका थिए । सन् २०१४ मा त्यस क्षेत्रबाट सातपटक सांसद भएका कंग्रेसका नेता विला मुत्तेमवारलाई हराउँदै उनी चयन भएका थिए । सन् २०१९ मा उनले कंग्रेसका नाना पटोलेलाई पराजित गरेका थिए । यसपटक कंग्रेसले उनकाविरुद्ध विकास ठाकरेलाई मैदानमा उतारेको छ ।
किरण रिजिजू
केन्द्रीय उद्योग मन्त्री किरण रिजिजू अरुणाञ्चल पश्चिमबाट चुनावी मैदानमा छन् । यस क्षेत्रबाट उनले सन् २००४ मा पहिलोपटक चुनाव जितेका थिए । सन् २००९ को चुनावमा उनले हार व्यहोर्नुपर्‍यो भने सन् २०१४ मा जित निकाले । यस्तै सन् २०१९ मा पनि उनी विजयी भएका थिए । यसपटक उनको प्रतिस्पर्धा अरुणाञ्चल प्रदेशका पूर्व मुख्यमन्त्री तथा कंग्रेसका प्रदेशअध्यक्ष नबाम तुकीसँग हुनेछ ।
सर्बानन्द सोनेवाल
सर्बानन्द सोनेवाल केन्द्रीय जलमार्ग, बन्दरगाह मन्त्री छन् । उनी असमको डिब्रुगढबाट लोकसभा उम्मेदवार छन् । भाजपाले केन्द्रीय पेट्रोलियम राज्यमन्त्री रामेश्वर तेलीको टिकट खोसेर सोनेवाललाई उम्मेदवार बनाएको हो । सोनेवाल हाल राज्यसभा सदस्य छन् । उनी असमका पूर्व मुख्यमन्त्री समेत हुन् । सन् २०१४ मा उनले लखीमपुरबाट चुनाव जितेका थिए । सोनेवाल सन् २०१४ मा समेत मन्त्री भएका थिए ।
संजीव बालियान
मोदीको मन्त्रिपरिषदमा बालियान मत्स्य, पशु चिकित्सा राज्य मन्त्री छन् । उनी मुजफ्फरनगरबाट उठेका छन् । सन् २०१४ मा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । सन् २०१९ मा पनि उनले राष्ट्रिय लोकदलका चौधरी अजीत सिंहलाई पराजित गरेर सांसद भएका थिए । यसपटक उनको भिडन्त इन्डिया गठबन्धनका समाजवादी पार्टीका उम्मेदवार हरेन्द्र मलिसँग हुनेछ ।
जितेन्द्र सिंह
प्रधानमन्त्री कार्यालयमा राज्य मन्त्री छन् जितेन्द्र सिंह । उनी जम्मु कश्मिरबाट चुनावी मैदानमा छन् । उनी पनि ह्याट्रिकको दौडमा छन् । यसपटक उनको प्रतिस्पर्धा कंग्रेसका चौधरी लाल सिंहसँग हुँदैछ ।
भुपेन्द्र यादव
केन्द्रीय पर्यावरण तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव राजस्थानबाट सांसद बन्ने दौडमा छन् । उनले कंग्रेसका ललित यादवसँग प्रतिस्पर्धा गर्नेछन् । लोकसभाका लागि यादवको यो पहिलो प्रतिस्पर्धा हो । यसअघि उनी सन् २०१२ मा राज्यसभा सदस्य थिए ।
अर्जुन राम मेघवाल
केन्द्रीय कानुन मन्त्री अर्जुन राम मेघवाल राजस्थानको बिकानेरबाट लोकसभा सदस्यको उम्मेदवार छन् । उनका बलियो प्रतिस्पर्धी कंग्रेसका गोविन्द राम मेघवाल हुनेछन् । अर्जुनले सन् २००९ मा पहिलोपटक त्यहाँबाट चुनाव जितेका थिए । त्यसपछिका २०१४ र २०१९ को लोकसभामा पनि उनी विजय भएका उम्मेदवार हुन् ।
चुनावी चर्चामा रहेका यी उम्मेदवार
विप्लव कुमार देव
विप्लव कुमार त्रिपुराका पूर्व मुख्यमन्त्री हुन् । उनी पश्चिम त्रिपुराबाट उठेका छन् । उनको प्रतिस्पर्धा कंग्रेसका प्रदेशअध्यक्ष आशिष कुमार साहसँग हुनेछ ।
त्यस क्षेत्रमा सन् १९९६ देखि सन् २०१४ सम्म मार्क्सवादी कम्युनिस्ट पार्टीको दबदबा थियो । भाजपाले पहिलोपटक सन् २०१९ मा त्यहाँ चुनाव जितेको थियो । त्यसबेला भाजपाबाट प्रतिमा भौमिकले चुनाव जितेकी थिइन् ।
ए राजा
तमिलनाडुकी नीलगिरी लोकसभा सिटमा ए राजा उठेका छन् । कंग्रेसका उनले केन्द्रीय मत्स्य पशु चिकित्सा तथा डेरी मन्त्री एल मुरुगनसँग प्रतिस्पर्धा गर्नेछन् । ए राजाले सन् २००९ मा त्यहाँबाट जित हात पारेका थिए । सन् २०१९ मा पनि उनी पाँच लाख भन्दा बढी मतले राज्यसभामा विजयी भएका उम्मेदवार हुन् । उनी पहिलोपटक लोकसभामा लड्दैछन् ।
कार्ति चदंबरम
तमिलनाडुको शिवगंगाबाट कार्ति चिदंबरम चुनावी मैदानमा छन् । उनी कंग्रेसका पुराना नेता पी चिदंबरमका छोरा हुन् । पी चिदंबरम त्यस क्षेत्रबाट सात पटक सांसद भइसकेका नेता हुन् । सन् २०१ ४ मा कार्ति त्यस क्षेत्रमा पराजित भएका थिए भने सन् २०१९ मा उनले चुनाव जितेका थिए । यसपटक उनले भाजपाका देवनाथन यादवसँग प्रतिस्पर्धा गर्नेछन् ।
अन्नामलाई
अन्नामलाई तमिलनाडु भाजपाका अध्यक्ष हुन् । उनी कोयंबटुरबाट लोकसभाका लागि भिड्दैछन् । उनले डीएमकेका नेता गणपति पीसँग प्रतिस्पर्धा गर्नेछन् । अन्नामलाई पूर्व प्रहरी अधिकारी समेत हुन् ।
तमिलिसाइ सौन्दर्यराजन
पुडुचेरीका उपराज्याल तथा तेलंगानाको राज्यपाल पदबाट राजीनामा दिएका सौन्दर्यराजन चेन्नई दक्षिणबाट लोकसभा सदस्य बन्ने दौडमा छन् । भाजपाका उम्मेदवार उनको प्रतिस्पर्धा डिएमकेका थमिजाची थंगापांडिएनसँग हुनेछ । यस क्षेत्रमा २० लाख बढी मतदाता रहेका छन् । यो तमिलनाडुको दोस्रो ठूलो निर्वाचन क्षेत्र हो ।
गौरव गोगाई
कंग्रेसले गौरव गोगाईलाई असमको जोरहाटबाट उम्मेदवार बनाएको छ । गौरव पूर्व मुख्यमन्त्री तरुढ गोगाईका छोरा हुन् । सन् २०१९ मा त्यहाँबाट भाजापका तपन कुमार गोगाईले चुनाव जितेका थिए । गोगाईले त्यहाँ भाजपाका उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
जतिन प्रसाद
उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारमा मन्त्री रहेका जतिन प्रसाद पीलीभितबाट उम्मेदवार छन् । भाजपाले त्यहाँका निवर्तमान सांसद वरुण गान्धीलाई यसपटक टिकक दिएन । उनले समाजवादी पार्टीका भवत शरणसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने छ । जतिन प्रसाद कंग्रेस छोडेर भाजपा गएका पात्र हुन् । उत्तर प्रदेशमा उनी भाजपाका ब्राम्हण अनुहार हुन् ।
नकुल नाथ
मध्यप्रदेशका पूर्व मुख्यमन्त्री कमल नाथका छोरा नकुल नाथ छिंदवाडाबाट चुनावी मैदानमा छन् । कमल नाथ १९८० पछि त्यस क्षेत्रबाट ९ पटकसम्म सांसद भएका व्यक्ति हुन् । सन् २०१९ मा पनि कंग्रेसका नकुल नथान नै त्यहाँ उम्मेदवार थिए । उनले भाजपाका उम्मेदवारलाई ३७ हजार बढी मतले पराजित गरेका थिए । मध्यप्रदेशको लोकसभाको २९ सिटमध्ये कंग्रेसले जितेको एक सिट त्यही थियो । नकुल नाथ यसपटक भाजपाका जिल्ला अध्यक्ष विवेक बन्टीसँग भिड्नेछन्।
इमरान मसुद
कंग्रेसका नेता इमरान मसुद उत्तर प्रदेशका सहारनपुर सिटमा उम्मेदवार छन् । उत्तर प्रदेशको पश्चिमी यस क्षेत्रमा कडा प्रतिस्पर्धा छ । यस क्षेत्रमा कंग्रेस, भाजपा र बहुजन समाज पार्टीबीच त्रिपक्षीय भिडन्त छ । मसुदका काका पाँचपटक लोकसभा सांसद बनेकाले उनलाई केही सहज हुने अपेक्षा कंग्रेसको छ ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर