Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ : अध्यक्ष महतो

प्रतिक्षा खबर
२०८१ माघ ५, शनिबार १७:४२

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् । शनिबार बलिदानी दिवसको अवसरमा लहानमा रहेको सहिदहरूको सालिकमा श्रद्धा सुमन व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष महतोले भने- ‘मधेसले एकल नश्लीय औपनिवेशिक शासन विरुद्ध बिद्रोह गरेको हो। तर, उपनिवेशबाट मधेस अझै मुक्त हुन सकेको छैन। मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरे।

महतोले सहिदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता समेत औंल्याए । उनका अनुसार मधेस मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गरिनुपर्नेमा जोड दिए ।

महतोले मधेसी, थारु, पहाडका आदिवासी जनजाति, उत्पीडित खस, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिका लागि एकजुट भएर संघर्ष गर्न समेत सबैलाई अपिल गरे । उनले भने, ‘सत्ताको लोभले सहिदको सपना पूरा हुँदैन। यो जनतालाई ढाँट्नु बाहेक अरु केही होइन। सहिदहरूको प्रति सच्चा श्रद्धाञ्जली दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक संघर्ष गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर