Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

नागिरकता नपाएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गरीनुपर्छ ,अध्यक्ष यादव

प्रतिक्षा खबर
२०७८ पुष ४, आईतवार ०९:५९

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गरी निर्वाचन प्रक्रियामा भाग लिन पाउने अधिकार दिन माग गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन्।
निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै अध्यक्ष यादवले नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु फरक विषय भएको दाबी गरेका छन्। ‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन सक्दैन ।लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन। त्यसैगरी लाखौं मधेसीहरूलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन।
यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक साथै अन्तर्राष्ट्रिय कानुनविपरीत र मानवताविरोधी कार्य भएको आरोप यादवले लगाएका छन्। ‘निरंकुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था थिएन । यादवले भनेका निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पुर्याओस्। कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट वञ्चित नपारियोस्।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर