Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने एक पार्टी जसपा हो : मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७८ मंसिर २७, सोमबार १४:४७

सर्लाही, मंसिर २७ । मुख्यमन्त्री लालबाबु राउतले मुलुकभरिकै उत्पीडित समुदाय को प्रतिनिधित्व गर्ने एक मात्र पार्टी जनता समाजवादी पार्टी रहेको बताउनु भएको छ ।
सर्लाहीको बरहथवा नपा वडा १७ को नव निर्मित भवनको उद्‌घाटन गर्नु हुदै मुख्यमन्त्री राउतले जसपा नेतृत्वको प्रदेश २ सरकाले पछिल्लो ४ बर्षमा गरेको जनपक्षीय कार्यहरुले उत्पीडित बर्गहरुको प्रतिनिधित्व गरि रहेको प्रमाणित गरि सकेको दावी गर्नु भयो ।

उत्पीडित बर्गको उत्थान को लागी प्रदेश सरकारले प्रदेशमा बसोवास गर्ने, दलित, महिला, मुस्लिम, मधेशी, आदिवासी जनजाति लगायतका समुदाय हरुको लागी जनसंख्या को आधारमा प्रतिनिधित्व सुनिश्चित गरि सकेको उहाँले उल्लेख गर्नु भयो ।

प्रदेश सरकारले ल्याएको दलित सशक्ती करण ऐनले दलित हरुको शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको दावी गर्दै उहाँले कोरोना को कारण अबरुद्ध भएको छोरी शिक्षा विमा चाडै शुरु हुने प्रतिबद्धता समेत गर्नु ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्त जनता समाजबादी पार्टी र प्रदेश २को सरकार सदैव तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश को अधिकार कुण्ठित गर्ने संघीय सरकार विरुद्ध संघर्ष गर्ने एकमात्र प्रदेश २ को सरकार रहेको दावी गर्नु भयो ।

संघीयता समाप्त गर्ने कुत्सित मनसाय बोकेका हरु संघीयता को पहरेदारको रूपमा रहेको प्रदेश-२ सरकार विरुद्ध विभिन्न षड्यन्त्र गरि रहेको उल्लेख गर्नु हुँदै मुख्य मन्त्री राउत ले त्यस्ता व्यक्ति र समूह हरु बाट सचेत रहन आम जनता लाई आग्रह समेत गर्नु भयो ।
राम विश्वास यादव को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य अशोक यादव, संजय यादव, जसपा प्रदेश उपाध्यक्ष राम पृत पासवान, स्थानीय द्रबानन्द झा, जिल्ला सचिव जय प्रकाश यादव सहितका बक्ता हरुले मन्तब्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर