Advertisement
ताजा खबर
बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन

☰

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर समूहका चार जना मन्त्रीलाई बर्खास्त

प्रतिक्षा खबर
२०७८ जेष्ठ २३, आईतवार २२:२१

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर समूहका चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर समूहबाट मन्त्री बनेका जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।

कार्यसम्पादन राम्रो नरहेको भन्दै बर्खास्त गरिएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए ।

ठाकुर समूहका प्रदेश २ मा सोनल भौतिक पूर्वाधारमन्त्री, झा भौतिक पूर्वाधार राज्यमन्त्री, मण्डल उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री र शर्मा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।

बर्खास्तीमा परेका मन्त्री सोनल, राज्यमन्त्री मण्डल र शर्मा महन्थ ठाकुरनिकट हुन् भने डिम्पल अनिल झाकी श्रीमती हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट नियुक्त भएका सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा लागेकाले मन्त्री पद सुरक्षित भएको छ ।

मन्त्री साह र राय दुवै जना  उपेन्द्र यादवले ८ जेठमा बोलाएको कार्यकारिणी समितिको बैठकमा समेत सहभागी भएका थिए । साह महतोको कोटाबाट मन्त्रीबाट मन्त्री बनेका थिए भने राय महिन्द्र राय यादवको कोटाबाट मन्त्री भएका थिए । सप्तरी क्षेत्र नम्बर  १ को २ बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट निर्वाचित साह महतोको कोटाबाट मन्त्री बनेका हुन् ।

मन्त्रीमा निरन्तरता र आफ्नो राजीतिक भविष्य उपेन्द्रतिर लाग्दा सुरक्षित देखेर मन्त्री साहले समूह परिवर्तन गरेको उनीनिकट एक नेताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर