Advertisement
ताजा खबर
बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन

☰

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

प्रतिक्षा खबर
२०७७ कार्तिक २७, बिहीबार २१:०८

जनकपुरधाम, कार्तिक २७ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले तेस्रो चरणको तैयारी शुरु गरेको छ ।
कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेको कामकाजको समीक्षा र अगामी रणनीति बारे छलफल गर्न आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थान समिति (पिसिसिएमसी)को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको तैयारीमा पुगी सकेको निष्कर्ष निकालेको छ ।
महामारी विरुद्धको तेस्रो चरणको तैयारी स्वरुप पचास हजार भिटिएम र रिएजेन्ट खरिद गरि सकेको, पिसिआर ल्याव संचालन गर्न बाँकी रहेको चार जिल्लामा यसै साता देखी ल्याव संचालनमा ल्याउन सम्पूर्ण तयारी पुरा भै सकेको समाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले जानकारी गराएका छन ।
तेस्रो चरणको लागी महत्वपूर्ण रहेको अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेश भरिका ६ वटा अस्पतालमा २५ बेडका दरले जम्मा १५० बेडको उच्च निर्भरता कक्ष (एच डि यु) निर्माण गर्ने निर्णय समेत गरेको छ ।
यसका साथै प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरुले खरिद गरेको भेन्टिलेटरहरुलाई अतिशिघ्र संचालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकले निकट भविष्यमा आउन लागेको कोरोना विरुद्धको भ्याक्सिनलाई व्यवस्थापन गर्न तीन सदस्यीय भ्याक्सिन व्यवस्थापन समिति गठन समेत गरेको छ ।
संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा. गरिब नाथ ठाकुरको संयोजकत्वमा गठित उक्त समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झालाई राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर