Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

२४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र ९, मंगलवार २०:४६

पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो।
यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् ।
यस्तै सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछामका १९, दाङका १८, बारा र महोत्तरीका १७/१७ जना, सुनसरी र कैलालीका १६/१६ जना, बाँकेका १५, कास्कीका १३, कञ्चनपुरका १२ तथा रुकुम पूर्व र बझाङका ९/९ जना संक्रमित भएका छन् ।
धादिङ र नवलपरासीका ८/८ जना, तनहुँ र बार्दियाका ६/६ जना, झापा, काभ्रे, कालीकोट र सुर्खेतका ५/५, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४/४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३/३ जना तथा सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पवर्त, गुल्मी, डडेलधुरा र वैतडीका २/२ को रिपोर्ट पनि पोजेटिभ आएको छ ।
उदयपुर, ओखलढुंगा, खोटाङ, नुवाकोट, लमजुङ, बाग्लङ, अर्घाखाँची, जुम्ला र मुगुमा १/१ जना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर