गोपाल झा
महोत्तरी , श्रावण १६ गते
महोत्तरीको मटिहानी नगरपालिकामा नेपालकै सबै भन्दा अग्लो भनिएको झन्डोत्तोलन गरिएको छ । एक कार्यक्रमकम बिच मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले मटिहानीमा एक सय १० फिट अग्लो पोलमा २५/२५ फिट साइजको झन्डा उपराष्ट्रपति यादव उद्घाटन गरेका हुन् ।
झन्डोत्तोलनपश्चात् कार्यक्रममा उपराष्ट्रपति यादवलाई मटिहानी नगरपालीका द्वारा नागरिक अभिनन्दन समेत गरिएको थियो ।
राष्ट्रिय झण्डाको समुद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ। मधेश प्रदेशको जनता तथा किसानप्रति संवेदनशील भएर कामकाज गर्न र यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाइ निर्देशन दिनुभएको हो । उहाँले यस क्षेत्रमा सिचाईको अबस्था दयनीय रहेको भन्दै सुख्खाको समस्या पनि मधेस प्रदेश भरिनै थपिएको र यसले गर्दा पिउने पानीको समेत समस्या विकराल देखिएकोले यसप्रति संवेदनशील हुन सङ्घ र प्रदेश सरकारलाई निर्देशन दिनुभयो । उपराष्ट्रपति यादवले मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै सम्भवतः देशकै सबभन्दा ठुलो ११० फिटको अग्लो नेपालको झण्डा जडान गरेको र सो झण्डाको समुद्घाटन गर्न पाउँदा आफू हर्षित भएको बताउनुभयो ।
त्यस्तै नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र मधेश प्रदेशका जनप्रतिनिधिलाई जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो । उहाँले विकासको काम गर्दा जनतालाई केन्द्रमा राखेर काम गर्दा विकास दीर्घकालीन हुने बताउनुहुँदै ऐतिहासिक, धार्मिक नगरी मटिहानीको विकासले शिर सधैँ उच्चो बनाएको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यो सरकार जनताको सरकार रहेको बत्ताउनुहुँदै जनताको सवालप्रति सरकार सदैव संवेदनशील रहेको उल्लेख गर्नुभयो ।
उहाँले यसक्षेत्रमा खानेपानी र पशुमा लाग्ने लम्पी स्किनको समस्या विकराल देखिएको बताउनु हुँदै पशुमा लाग्ने स्वास्थ्य समस्याको लागि भ्याक्सिन उपलब्ध गराइसकेको जानकारी दिनुभयो । उहाँले विगतमा यसक्षेत्रमा सिँचाइको समस्या भए पनि अहिले झन् खानेपानीको समस्या थपिएको बताउनुहुँदै यसको लागि सङ्घीय सरकारसँग छलफल गरिसकेको बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले मटिहानी संस्कृत शिक्षा र संस्कृतिको केन्द्र भएकोले यहाँ सांस्कृतिक विश्वविद्यालय स्थापनाको लागि उपराष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख रत्नेश लाल कायस्थ, मधेश प्रदेशका वन तथा वातावरण मन्त्री माननीय रमेश प्रसाद कुर्मी, वीना विभागीय मन्त्री माननीय सरिता साह, श्रम तथा यातायात मन्त्री चन्दन सिंह, पूर्व मन्त्री हरि नारायण यादव, पूर्व राज्य मन्त्री एवं प्रदेश सभा सदस्य अभिराम शर्मा, पूर्व मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य जैनुल राइन, शारदा देवी थापा लगायत विभिन्न नगरपालिकाका नगर प्रमुखहरु लगायत स्थानीयहरु सहभागी रहेका थिए ।
कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मी, श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंह, विना विभागीय मन्त्री सुरिता साह, पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य शारदा थापा, पूर्वमन्त्री हरिनारायण यादव, पूर्व मुख्यन्यायधीवक्ता दिपेन्द्र झा, जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, महोत्तरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विजयकुमार साह लगायतकाले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।मटिहानी आउनुभएका उपराष्ट्रपति यादवलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले स्वागत गर्नुभएको थियो ।
झन्डोत्तोलनपछि उपराष्ट्रपति यादवले मटिहानीस्थित लक्ष्मीनारायण मठ र संस्कृत माविको अवलोकन भ्रमण गरी त्यँहा स्थापित पीरबाबा मजारमा चादर समेत चढाएका थिए ।






