Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

प्रतिक्षा खबर
२०८३ कार्तिक २, आईतवार ०८:५४
रामगाेपालपुर। जनता समाजवादी पार्टी (जसपा), नेपालले नेकपा (एमाले) सँग सहकार्य नगर्ने स्पष्ट पारेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेका हुन्।

अध्यक्ष यादवका अनुसार सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय नै गरिएको छ, न त कुनै नीति नै लिइएको छ। यसका साथै कसैसँग कुनै समझदारी पनि नभएको र तत्काल यो सम्भव नरहेको उनले बताएका छन्।

बेग्लै प्रसङ्गमा खिचिएको फोटोलाई केही व्यक्तिहरूले दुरुपयोग गरी गलत, भ्रामक र दुष्प्रचार गरेको देख्दा आश्चर्य लागेको उनले उल्लेख गरेका छन्। कुनै सत्यता नरहेका यस्ता गलत मनसायले फैलाइएका कपोलकल्पित, भ्रामक, पूर्वाग्राहीपूर्ण तथा झुठा प्रचारप्रति विश्वास नगर्न पनि उनले आग्रह गरेका छन्।

जसपा नेपालले हालसम्म सरकार बनाउन कुनै दाबी नगरेको र कुनै दलसँग समर्थनसमेत नमागेको अध्यक्ष यादवले प्रस्ट पारेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर