Advertisement
ताजा खबर

उज्वल कुमारझा सहीत दुईहजार जना जसपा नेपालमा प्रबेस , कांग्रेस र कम्युनिस्टले देश बर्बाद पारे, उपेन्द्र यादवको आरोप

प्रतिक्षा खबर
२०८० मंसिर १३, बुधबार ००:१८

गोपाल झा

महोत्तरी मंसिर १२ गते

पछिल्लो समय जनता समाजबादी पार्टीमा प्रबेश गर्नेको संख्या दिनप्रती बढिरहेको छ । मंगलबार महोत्तरीको एकडारा गाँउपालिकाको एकडारामा स्वतन्त्रका युवानेता सहीत लोकतान्त्रीक समाजबादी पार्टी लगायत बिभिन्न पार्टी परित्याग गरि दुई हजार भन्दा बढी जना जनता समाजबादी पार्टीमा प्रबेस गरेका छन ।

  जनता समाजबादी पार्टी नेपालले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा मधेश प्रदेशको प्रदेशसभाको चुनावमा महोत्तरी क्षेत्र नं. ३ ख बाट प्रदेशसभा सदस्यकोलागी स्वतन्त्र रुपले चुनाव लडेका युवानेता ई.उज्वल कुमार झा  , रामनारायण यादब सहितका नव प्रबेशि दुई हजार भन्दा बढी जनालाई पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, पुर्ब कृषि मन्त्री मा. हरि नारायण यादव ,पुर्ब स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव ,  केन्द्रिय सद्स्य राजकिशोर  यादव , केन्द्रिय सद्स्य कृष्ण शंकर साह , केन्द्रिय सद्स्य नागेन्द्र प्रसाद  यादवसहीत पार्टीका बरिष्ट नेताहरुले नव प्रबेसीहरुलाई अबिर, माला र खाता लगाई स्वागत स्वागत दर्गै पार्टी प्रबेस गराएका हुन् ।

कार्यक्रममा केन्द्रिय सद्स्य रबिन्द्र ठाकुर , राम दरेस राय , श्याम कुमार यादव , रमेश कुमार महतो , धर्मेन्द्र कुमार साह , केन्द्रिय सद्स्य एब प्रादेशिक अस्पताल जलेश्वरका अध्यक्ष  मिनु झा एकडारा गाँउपालीका अध्यक्ष दिपनारायण मण्डल , उपाध्यक्ष महजबी खातुन ,लगायत महोत्तरी जिल्लाका विभिन्न पालिकाबाट ज.स.पा. नेपाल पार्टिबाट निर्वाचित जन प्रतिनिधिहरु तथा पार्टीका कार्यकर्ता , संघीय सांसद, प्रदेश मन्त्री, सांसद लगाएत पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    पार्टी प्रबेश कार्यक्रमको समबोधन गर्दै जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष यादवले कांग्रेस र कम्यूनिस्टले देश बर्बाद पारेको आरोप लगाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादब ’बहुदलीय व्यबस्था आएपछि ३४ वर्षसम्म कांग्रेस र कम्युनिस्टले शासन गरे पनी देशको बिकास हुन न सकेको भन्दै यसको जिम्मेवारी कसले लिने प्रश्न गरेका हुन् ।

अध्यक्ष यादवले बहुदलीय व्यवस्था आउनु अगाडी देश बर्बाद पारेको जिम्मा राजतन्त्रले र त्यसपछिको जिम्मा कांग्रेस- कम्युनिस्टलाई नै लिनुपर्ने भनेका हुन् । कांग्रेस र कम्यूनिस्टमाथि आक्रोश पोख्दै उनले  देशमा रहेको उद्योगधन्दाहरु बन्द भयो । कृषि , शिक्षा र स्वास्थ्य संस्थाहरु बर्बाद भयो । वन जंगल विनाश भयो ।

उनले कांग्रेस र कम्युनिस्टले शासन गर्दा देशमा भ्रष्टाचार, कमिशनतन्त्र, लुटतन्त्र र अपराध मात्र बढेको बताएका हुन् ।  ३४ वर्षमा देशले तरक्की गर्न नसकेको र अहिले पनि तरक्कीको सम्भावना नरहेको दावी समेत गरे ।

अध्यक्ष यादवले देशको तरक्की र किसानको जीवनमा परिवर्तन ल्याउन कृषि आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।  उनले स्कूलमा राम्रो शिक्षा दिन, अस्पताल सुधार्न, गाउँघरमा उद्योग कलकारखाना खोल्न लगायतका काम गर्न आवश्यक रहेको बताए ।

       उनले ’कांग्रेस र कम्यूनिस्टले न देश बनाउन सक्यो, न जनतालाई अधिकार दिन सकिरहेका छन्, न त लोकतन्त्रको रक्षा गर्न सकिरहेको छ ।’ आफूहरु राम्रो काम गर्न सहयोग गरिरहेपनि उनिहरु केहि गर्न न सकिरहेको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर