Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा नेपाल मधेश प्रदेश अधिवेशनको तयारी पूरा, ५ सय बढी प्रतिनिधि सहभागी हुने

प्रतिक्षा खबर
२०८२ आश्विन २६, आईतवार १८:००

जनकपुरधा, २६ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।

सोमबार (भोलि) बाट सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् ।

पहिलो पटक हुने लागेको एकताको प्रथम अधिवेशनबाट ९ पदाधिकारीसहित ५१ सदस्यीय प्रदेश समिति चयन गरिने अध्यक्ष यादवले बताए । उनले भने, ‘अधिवेशनमा प्रदेशका ८ वटै जिल्लाबाट करिब ५ सय बढी प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी हुने छन् ।’ २ सय मा एक जना प्रतिनिधि छनौट गरिएको बताइएको छ ।

उनका अनुसार अधिवेशनले परिवर्तित सन्दर्भमा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन प्रणाली र अधिकार तथा पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्नेछ ।

अधिवेशन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुनेछ । यस अधिवेशनबाट एक जना अध्यक्ष, तीन उपाध्यक्ष, एक मुख्य सचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गरिनेछ भने बाँकी १५ प्रतिशत सदस्य पछि मनोनयन मार्फत चयन गरिनेछ ।

अध्यक्ष यादवले वडा, पालिका र जिल्ला अधिवेशनहरू सम्पन्न भइसकेकाले अब प्रदेश अधिवेशन मार्फत संगठन अझ सुदृढ हुने बताए ।

अधिवेशनले मधेशको राजनीतिक अधिकार, समावेशी प्रतिनिधित्व र पहिचानको आन्दोलनलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर