Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

आउँदो ३ दिन मधेश प्रदेश सहीत देशभर ठूलो पानी पर्ने, सावधानी अपनाउन आग्रह

प्रतिक्षा खबर
२०७९ असार १५, बुधबार २०:२३

महोत्तरी, अषाढ १५ गते
गाेपाल झा, आउँदो ३ दिन सम्म मधेश प्रदेश सहीत देशभर ठुलो पानी पर्ने जल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आउँदो तीन दिन सम्म देशभर ठूलो पानी पर्ने भन्दै उच्च सावधानी अपनाउन सबेमा आग्रह गरेका हुन् ।
आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशी आउँदो तीन दिन देशभर ठूलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकहरुलाई आग्रह गर्नुभएको हो । उहाँले आउँदो तीन दिन तराईका सबै जिल्लामा ठूलो पानी पर्ने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताउनुभयो ।
तराईका लगभग सबै खोलामा बाढी आउने भनेर पूर्वानुमान गरेको हुनाले यहाँका नागरीकहरुलाई महानिर्देशक जोशी सचेत गराएका हुन् । वहाँले अहिले पूर्वदेखि पश्चिमसम्म त्यही अवस्था छ । खोलाको जलस्तर बढेर डुबान र बाढीले समस्या दिने सम्भावना छ । आउँदो तीन दिन ठूलो पानी पर्नेछ । जसका कारण खोलानाला बढ्न गइ कुन-कुन खोलामा के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताएका हुन् ।
महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गर्नुभयो । मनसुन सुरु भएदेखि विभागले एनसेल र एनटिसी सिमबाट अहिलेसम्म २० लाख एसएमएस गरिसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर