Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

मधेशीकाे हकअधिकारका लागि मत मागदै घरदैलाेमा जसपा नेपालका नेता डा सुरेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ माघ २८, बुधबार १९:४८

रामगाेपालपुर, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट महोत्तरी क्षेत्र नम्बर ४ का उम्मेदवार डा. सुरेन्द्र कुमार यादवले मधेशी समुदायका मुद्दा अझै पूरा नभएकाले आफूलाई मत दिन आग्रह गरीरहेका छन्।
उनले व्यक्तिगत रूपमा चुनाव लड्ने कुनै चाहना नभए पनि मधेशी हक, अधिकार र पहिचानको संरक्षणका लागि उम्मेदवार बनेको स्पष्ट पारेका छन्।
डा. यादव हाल चुनावी अभियानका क्रममा मतदाता, पार्टी कार्यकर्ता तथा सर्वसाधारण जनतासँग प्रत्यक्ष भेटघाट र संवादमा व्यस्त छन्। उनले यसअघि चुनाव जितेपछि गरेको विकास कार्य सबैको आँखाअगाडि रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, सडक तथा आधारभूत पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएको दाबी गरिदै छ ।
विशेषगरी कोभिड १९ महामारीको कठिन समयमा आफूले जनताको सेवामा सक्रिय भूमिका खेलेको स्मरण गराउँदै डा. यादवले संकटको घडीमा जनतालाई स्वास्थ्य सामग्री, राहत तथा आवश्यक सहयोग उपलब्ध गराएको बताए। “जनतासँगको सम्बन्ध चुनावी समयमा मात्र होइन, संकटको बेला पनि देखिनुपर्छ,” उनले थपे।
उनका अनुसार अहिले पनि क्षेत्रका मुख्य समस्या बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, सिँचाइ तथा समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता रहेको छ। मधेशी समुदायले लामो समयदेखि उठाउँदै आएका राजनीतिक, सामाजिक र आर्थिक अधिकारका मुद्दा अझै सम्बोधन नभएकाले त्यसको समाधानका लागि संसदमा बलियो आवाज आवश्यक रहेको उनको बताएकाे छ।
डा. यादवले महोत्तरी–४ का मतदातालाई विकास, समानता र अधिकारका पक्षमा उभिन आह्वान गर्दै यसपटक पनि आफ्नो साथ र समर्थन दिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर