Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

राजा ज्ञानेन्द्र शाहको भक्तपुरमा भव्य स्वागत, जनता आऊ राजा ल्याऊ भन्दै उर्लियो जनसागर

प्रतिक्षा खबर
२०८० आश्विन ७, आईतवार २०:२८

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्नुभएको छ ।
आइतबार अपरान्ह ३ बजेर २० मिनेट जाँदा उँहाले तलेजु भवानी र भैरवनाथको दर्शन गर्नु भएको हो । साथै उहाँले भक्तपुर दरबार क्षेत्रको अवलोकन समेत गर्नु भएको थियो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका राजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए । राजा शाह त्यहाँ पुग्दा भक्तपुर दरबार स्वायकरमा भीड थामिनसक्नु थियो । सुरक्षाकर्मी र स्वयमसेवकलाई भीड व्यवस्थान गर्न हम्मे हम्मे परेको थियो ।
हात हातमा देशको झण्डा बोकेका जुनसुकै वर्गका सर्वसाधारण घामको परवाह नगरी घण्टौं लाइनवद्ध भएर राजालाई भेट्न कुरी बसेका उनिहरुले नेताले केही गर्न सकेनन् भन्दै अब राजा र राजसंस्था चाहिने बताए । उनिहरुले अब राजा र राजसंस्थाकालागि देशभर आन्दोलन गर्ने पनि बताए । सयौै राजा पाल्नु भन्दा एक राजा पाल्नु राम्रो हुने भन्दै उनिहरुले सबै राष्ट्रवादी शक्तिहरुलाई एक मोर्चा बनाएर आन्दोलनमा आउन पनि आह्वान गरेका छन् ।
उनिहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर राजा शाहको स्वागत र सम्मान गरेका थिए । जुन देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारीलगायतका कारण राजनीतिक दलका क्रियाकलापप्रति बढ्दो वितृष्णा र राजसंस्थाप्रतिको आस्था भएको प्रष्ट देखिन्छ । भक्तपुरको मौलिक परम्परा झल्कने नृत्य प्रस्तुत गरिदा राजा शाहले अभिरुची पूर्वक अवलोकन मात्रै गर्नुभएन स्थानीय पसल पसलमा छिरेर अवलोकन समेत गर्नुभयो । राजाको यो व्यवहार देखेर स्थानीय पनि हर्षले विभोर भएका देखिन्थे । यतिमात्रै होइन राजा शाहले आफूलाई भेट्न आएका सर्वसाधारणको हात समातेर सदभाव समेत प्रकट गर्नुभएको थियो ।
तलेजु भवानी र भैरवनाथको दर्शन र दरबार क्षेत्रको अवलोकन पछि राजा शाहले नजिकै रहेको एक होटलमा त्याहाका नागरिकसंग भेटघाट तथा संवाद गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर