Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

प्रतिक्षा खबर
२०७६ फाल्गुन १७, शनिबार ०७:५८

सुवाष कर्ण धनुषाकाे

क्षिरेश्वरनाथ महेन्द्रनगरमा निर्माणाधिन सर्पदंश उपचार केन्द्रको सरोकारवाला निकायहरुद्वारा संयुक्त अनुगमन गरेको छ ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, जिल्ला समन्वय समितिका पदाधिकारी, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार, नेपाली सेनाका अन्जन रुपाखेती, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह, गैसस प्रदेश २ का धिरेन्द्र सिंह र पत्रकार सहित सरोकारवाला निकायहरुले अनुगमन गरेका हुन ।

यूएनडीपी र क्षिरेश्वरनाथ नगरपालिकाको आर्थिक र प्राविधिक, नेपाली सेनाको मानवीय तथा सिआईसीको प्राविधिक एवं व्यवस्थापन सहयोगमा निर्माण भइरहेको सो सर्पदंश उपचार केन्द्रको भवन निर्माण कार्य करीब ८० प्रतिशत सम्पन्न भइसकेको र उपचार सहितका प्रविधि सामाग्री खरीदका लागि टेण्डर भइसकेको अनुगमनको क्रममा सिआईसीका संजय साहले जानकारी गराए ।

सीआईसीको स्थानीय सहयोगमा निर्माण भइरहेको सो सर्पदंश उपचार केन्द्रको अनुगमनको क्रममा धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भेन्टीलेटर र आईसीयूको सुविधा समेत राख्न सुझाव दिए ।

सो अस्पतालमा अनुसन्धानको रुपमा रहेका मिथिला वल्र्ड लाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले धनुषामा सर्पदंशको वर्तमान अवस्था बारे तथ्यांक सहित जानकारी गराएका थिए । मेयर पजियारले चैतसम्म भौतिक पुर्वाधारदेखि प्राविधिकसम्मको सबै कार्य सम्पन्न गरेर बैशाखदेखि संचालनमा ल्याउने जानकारी दिए ।

जिल्ला समन्वय समितिका उपाध्यक्ष दिपक झाले अनुगमनको प्रतिवेदनमा परियोजनाको सम्पूर्ण जानकारी सहितका पुस्तिका तयार पारेर सम्बन्धित निकाय र जिससमा समेत पठाउन सुझाव दिएका थिए ।

धनुषा जिल्ला सहित छिमेकी जिल्लाका सर्पदंश प्रभावित व्यक्तिहरुको उपचार र अनुसन्धान केन्द्रको रुपमा निर्माण भइरहेको सो उपचार केन्द्रको निर्माण अवधि मार्च २०२० सम्म रहेको छ । निर्माण पश्चात पुर्ण व्यवस्थापन भइसकेपछि स्थानीयको सहभागितामा गठित व्यवस्थापन समितिद्वारा संचालनमा ल्याइने जानकारी गराइयो ।

दुई करोड ५९ लाख भन्दा बढीको लागतमा निर्माण भइरहेको सो उपचार केन्द्र परियोजना निर्माणका लागि यूएनडीपीले एक करोड, ५३ लाख ८६ हजार र नगरपालिकाले ९६ लाख ४५ हजार रुपैया आर्थिक सहयोग गरेका छन । भौतिक निर्माण पश्चात संचालनका लागि शुरुमा नगरपालिकाले १५ लाख रुपैया दिने छ भने प्रत्येक वर्ष १० लाखको दरले रकम उपलब्ध गराउने छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर