Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

मुख्यमन्त्री राउतले मन्त्री रायलाई सरकारबाट फिर्ता बोलाउदै

प्रतिक्षा खबर
२०७८ कार्तिक २८, आईतवार २०:४५

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट एकजना मन्त्रीलाई फिर्ता बोलाउन लागेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई सरकारबाट फिर्ता बोलाउन लागेको स्रोतले जनाएको छ ।
जनता समाजवादी पार्टी नेपाल फुटेपछि पार्टी र सरकार जोगाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराइसकेका मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनका लागि मन्त्री रायलाई राजीनामा दिन निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
स्रोतका अनुसार मन्त्री रायले राजीनामा दिएलगत्तै नेकपा एकीकृतलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतको योजना रहेको छ । नेकपा (एस) ले मुख्यमन्त्रीसँग एक महिनादेखि आकर्षक मन्त्रालय माग्दै त्यसका लागि लविङ्ग गर्दै आएको स्रोतको भनाइ छ ।
मन्त्री रायले राजीनामा दिएपछि सरकारमा सहभागी हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतोलाई दिइनेछ ।
मुख्यमन्त्री राउतले आफ्नो अधिनस्थ राखेका दुई मध्ये थप एक मन्त्रालय पनि सो पार्टीलाई दिने जनाइएको छ ।
स्रोतले दिएको जानकारी अनुसार सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई पनि मुख्यमन्त्री राउतले राजीनामा दिन निर्देशन दिएका छन् । सभार फरक धार

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर