Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

सहमतिले गर्याे ३६ लाख ८४ हजार बराबरको कृषि अाैजार तथा सामाग्री हस्तान्तरण

प्रतिक्षा खबर
२०७७ फाल्गुन २७, बिहीबार ००:२०

उमेश बि.क / नवलपरासी ,२६ फागुन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ गुट्ठिप्रसाैनिमा अवस्थित नाैलाे बिहान बहुमुखी सहकारी संस्थालाई कृषि अाैजार तथा सामाग्री हस्तान्तरण गरिएको छ ।
नाैलाे बिहान बहुमुखी सहकारी संस्थाकाे अध्यक्ष सत्यदेव पाण्डेयकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चाैधरीकाे प्रमुख अातिथ्यतामा निशुल्क कृषि यन्त्र हस्तान्तरण गरिएको हाे।
काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट ट्रयाक्टर १ थान,ल्यान्ड लेजर लेवलर १ थान,राटाभेटर १ थान ,ट्रयाक्टर ट्रालि १ थान ,डिस्क हयाराे १ थान ,पावर ट्रिलर ४ थान, मल्टि थ्रेसर १ थान, धान गहु काट्ने रिपर ५ थान, मिनि ट्रिलर ६ थान, खाल्डो खन्ने मेसिन ५ थान,फर्टिलाइजर स्प्रेयर १५ थान र कल्टीभेटर १ थान गरि कुल ३६ लाख ८४ हजार ५ सय बराबरको कृषि यन्त्र नाैलाे बिहान बहुमुखी सहकारी संस्थालाई हस्तान्तरण गरिएको हाे
त्यस्तै पहिलाे चरणमा रिपर ५ थान र मिनिटिर ६ थान गरि कुल १७ लाख ९२ हजार बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको थियाे ।
कृषि यन्त्र हस्तान्तरण गर्दै कार्यवाहक अध्यक्ष चाैधरीले उपलव्ध गराएका औजार र उपकरणको सहि सदुपयोग गरी कृषि उत्पादकत्वमा बृद्धि गरिनु पर्ने बताउदै यश वडालाई कृषि पकेट क्षेत्र बनाउने उद्देश्य सहित कृषि उत्पादनमा बृद्धि हुदै कृषकहरु अात्म निर्भर बन्नु पर्ने बताउनु भएको हाे। साथै सहमतिले गरेको हरेक काम स्रहनिय रहेको बताउदै संस्थाकाे खुलेर प्रसंसा गर्नुभएको थियाे।
त्यस्तै सहमतिकाे अध्यक्ष करुणा सागर सुवेदीले काेइका र सहमति अति बिपन्न बर्गकाे हितमा काम गरिरहेको बताउदै सहकारी मार्फत विपन्न वर्गका ब्यक्तिहरुकाे जीवन परिवर्तन गर्न अाफु र संस्था लागि परेकाे बताउनु भएको हाे। सहमति संस्था नवलपरासी अन्तर्गतका कार्यक्षेत्र भित्रका अति विभिन्न समुदायको अार्थिक विकास र जिविकाे पार्जन विकास गरि जीवन स्तर सुधार गर्न लागि परेकाे बताउनु भएको हाे।
त्यस्तै गुड नेवर्स इन्टरनेसनल नेपालकाे टिम लिडर लाेक बहादुर थारुले कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न सहमतिले निशुल्क विभिन्न कृष यन्त्र उपलब्ध गराउदै आएको बताउनु भएको हाे ।यहाँका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि कृषि यन्त्र हस्तान्तरण गरिएको बताउनु भएको हाे।
कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपरासी प्रमुख देबेश कुमार मिश्रा,प्रतापपुर गाउँपालिका वडा नं.६ वडा अध्यक्ष रामहरि उपाध्याय ,नेपाल पत्रकार महासंघ जिल्ला सल्लाहकार बृजराज कुश्वाहा , सहमति फाेकल परसन भिम प्रसाद शर्मा,नाैलाे बिहान बहुमुखी सहकारी संस्था उपाध्यक्ष दिनेश यादव,जिविकाेपार्जन बिज्ञ सुनिल दुलाल लगाएतले कृषि यन्त्र राम्रोसँग सदुपयोग गरि अार्थिक उन्नति र कृषि विकास गर्न सुझाव सहित शुभकामना ब्यक्त गर्नुभएको थियाे।
कृषि यन्त्र पाएपछि नाैलाे बिहान बहुमुखी सहकारी संस्थाका सेयर सदस्य खुशि हुदै काेइका , गुड नेवर्स इन्टरनेसनल र सहमति संस्था तथा संस्थाका कर्मचारीलाई धन्यवाद ब्यक्त गरेका हुन ।
समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर