Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

तासको विषयमा विवाद हुँदा पर्सामा साथीको हत्या, समातिए ३ किशोर

प्रतिक्षा खबर
२०८१ फाल्गुन १५, बिहीबार १९:३०

१५ फागनु, पर्सामा तास खेल्ने विषयमा विवाद हुँदा तीन किशोर मिलेर एक जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

तास खेलेको समयमा रकम सापटी नदिएको भन्दै विवाद भएको र त्यही निहुँमा एक युवकको हत्या भएको प्रहरीको भनाइ छ । हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार घटनाबारे जानकारी गराएको छ ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षकै अरुणकुमार यादव र सोही ठाउँका १९ वर्षकै मुना तिवारी छन् । उनीहरु तीनै जनालाई ११ फागुनमा पक्राउ गरेर आज बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले सोही ठाउँका १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको आरोप छ ।

७ फागुनमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका १९ वर्षीय इशालप्रसाद कुर्मी वीरगञ्ज बजार जान्छु भनेर निस्केका थिए । तर छोरा घर नफर्केपछि उनका बाबु जोगिन्द्रप्रसादले भोलिपल्ट ८ फागुनमा खोजतलासका लागि भन्दै प्रहरीमा उजुरी दिएका थिए । हुलियासहित उजुरी दिए पनि उनलाई फेला पार्न प्रहरीले सकेको थिएन ।

हराएको भनिएको ४ दिनपछि ११ फागुनमा स्थानीय भेडैया खोलामा एक युवकको शव तैरिरहेको भन्दै प्रहरीलाई सूचना आएको थियो ।

उक्त शव ७ गतेदेखि हराएका उनै इशालप्रसादको रहेको भन्दै उनका बाबुले सनाखत गरेका थिए । बजार जान्छु भनेर निस्केका इशालप्रसादको हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनास्थलबाट प्रहरीले मृतकको पर्स, साइकल, चप्पल, मोबाइल फोनको टेम्पर ग्लास गरेको थियो । यीनै बरामद वस्तुहरुलाई केन्द्रमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।

सो क्रममा उनका तीन जना साथीहरु पक्राउ गरेको पर्साका एसपी गौतम मिश्रले बताए । हत्याको कारण भने तासको विषय जोडिएको उनले बताए । उनीहरु चार जना तास खेल्ने गरेको पाइएको उनले बताए । तास खेल्न बेलामा रकम सापटी माग्दा विवाद भएको थियो । इशालले रकम लगेर नदिने गरेको भन्दै उनीहरुले सापटी नदिएको प्रहरीको भनाइ छ ।

त्यही विषयमा उग्र विवाद भएपछि तीन जना मिलेर साँझ ६:१० बजेतिर इशालको हत्या गरेको एसपी मिश्रले बताए ।

मृतकको मोबाइल प्रहरीले मुकेशको साथबाट बरामद गरेको छ। उनीहरुले सुरुमा रुखमा टाउको ठोक्काएर घाइते बनाएको र पछि सर्टले घाटी कसेर हत्या गरेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् ।

हत्यापछि सर्टले हात पछाडि लगेर बाँधेर खोलामा फालिएको थियो। मृतकको साइकल पनि घटनास्थल खोलामै छाडिएको थियो । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर