विनोद महतो
महेन्द्रनगर, असोज २७ ।
सर्प उद्धारकर्ता गणेश साहलाई अचेल खाना खाने फुर्सद पनि हुँदैनन् । एकछिन आराम गरौं वा आरामसँग खान खाउँ भन्ने कहिले फुर्सद हुँदैन् । एकातिर रेस्क्यू गर्दै गर्दा अर्कोतिर मोबाइलको घण्टी बजी हाल्छन् । यहाँ तुरुन्त आउनु परियो गणेश जी भनेर फोन उठाउने वितिक्कै सुन्नु पर्छ उनले भने ।
हो, धनुषा जिल्लाकै धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुर टोल बस्ने करिव २१ वर्षीय गणेश साहको दिनचर्या नै बनेको छ, सर्प रेस्क्यू गर्ने । फोन आउने वित्तिकै उनी सर्प रेस्क्यूका लागि निस्किहाल्छन् । सर्प रेस्क्यू गर्ने सबै समान चौविसै घण्टा गणेशको मोटरसाइकलमा तयारी अवस्थामै हुन्छ ।
प्रदेश २ को प्रायः सबै जिल्लामा गणेश सर्प रेस्क्यू गर्न जान्छन् । जहाँबाट खबर आउँछ, त्यहाँ जानै पर्छ गणेश भन्छन्, ‘कुनै बेला त हप्तौ दिनसम्म घरमा आउने फुर्सदै हुँदैन्, घरी यता घरी उता रेस्क्यूमै हुन्छु, खाना खाने बेलाको पनि ठेगान हुँदैनन् ।’
गणेश मिथिला वाइड लाइफ ट्रष्ट जनकपुरधाममा काम गर्छन् । धनुषाकै देवनारायण मण्डलले संचालन गरेको मिथिला वाइड लाइफ ट्रष्टले सर्पदंश बाट कसरी बच्ने, बचाउने विषयमा जनचेतना जगाउने र सबै प्रकारको सर्पको उद्धार (रेस्क्यू) गर्ने कार्य गर्दै आएको छ । मिथिला वाइड लाइफ ट्रष्टसँगै जोडिएका गणेशलाई प्रायः अहिले सर्प रेस्क्यूमा जानुपर्ने हुन्छ ।
गणेशका अनुसार यो २०७८ असोज महिनामा मात्रै धनुषाको महेन्द्रनगर आसपासका क्षेत्रमा सबैभन्दा बढी सर्पको रेस्क्यू गरिएको छ । असोज महिनामा मात्रै महेन्द्रनगर क्षेत्रबाट करिव ९ वटा कोबरा सर्प रेस्क्यू गरिएको उनले बताए । यस्तै करेत, बहरि करेत सर्प त प्रायः रेस्क्यू गरी नै रहेको गणेश भन्छन् । प्रायः गरी घरमा पाउने करेत सर्प विषालु र अविषालु गरी दुई प्रकारको हुन्छन् । घरबाट नै आफुले सर्पको उद्धार गरेर नजिकैको खुल्ला ठाउँमा छोड्ने गरेको उनी बताउँछन् । सर्प वातावरणमा रहेको विषैल हावा शुद्धिको लागि पनि आवश्यक जीव रहेकोले सर्पलाई नमार्न उनी सुझाउँछन् ।
सर्पले टोक्दा के गर्ने भन्ने प्रश्नमा उनी यसो भन्छन्, – सर्प आफै टोक्दैनन् र आँखाले पनि देख्दैनन् । अचानक मान्छेको हातखुट्टाले छुन्न वा स्पर्श भएमा वा कुल्चिएमा त्यो आफ्नो रक्षाको लागि टोक्ने गर्छन् । त्यसैले सर्प टोकेमा तुन्तर अस्पताल जानुपर्ने र कुन सर्पले टोकेको हो यकिन गरी उपचार गराउनु पर्दछ । यदि अस्पताल वा सर्पदंश उपचार केन्द्रसम्म जान समय लाग्छ भने सर्पले टोकेको भागबाट अलि माथिसम्म हल्का प्रेसर पर्ने गरी ब्यान्डेज बाँध्नु पर्छ । यसलाई प्रेसर ईमोबिलाइजेसन विधि भनिन्छ । उक्त भागलाई स्पिलिन्ट पनि लगाउन सकिन्छ । यसले हात टोकेको भाग बढी चल्दैन र विष पनि तिव्रगति शरीरमा फैलनबाट रोक्छ । यदि यसो गरेको छैन् भने टोकेको भाग चलाउँदा शरीरमा विष फैलने क्रम बढेर जान्छ । टोकेकोभन्दा माथि कपडा वा डोरीले कसेर बाँध्ने, मुखले चुस्ने तथा काट्ने, गाईको दिशा लगाउने, करेन्ट लगाउने तथा सर्पले चाटेको ढुङ्गा लगाउने जस्ता कार्य गर्नु हुँदैन् ।
मिति २०७८ असोज २७ गते बुधवारको दिन १० बजेको समयमा धनुषाको महेन्द्रनगरस्थित रेडियो स्वागतमको अगाडी राखिएको गमलामा भेटिएको अविषालु करेत सर्प रेस्क्यू गरेपछि गरिएको समान्य कुराकानीमा आधारित छ ।










































































































