Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मार्बल बोकेको लरी पल्टिँदा तीन बालबालिकाको मृत्य

प्रतिक्षा खबर
२०८० फाल्गुन ११, शुक्रबार २०:०२

मोरङमा भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु भएको छ । भारतबाट मार्बलको ब्लक लिएर आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी मोरंगको बुढिगंगा गाउँपालिका–४ नेमुवा चोक नजिक सडक छेउमा रहेका घरमा पल्टिँदा किचिएर बालबालिकाहरूको मृत्यु भएको हो ।
शुक्रवार बिहान करिब ८ बजेतिर दुर्घटना भएको हो । प्रहरीले दुर्घटना स्थलबाट घाइतेहरूको उद्धार गर्ने प्रयास गरे पनि मार्बलको ब्लकले किचिएर बालबालिकाहरूको मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार बूढीगंगा–४ प्रगति टोलमा ५५ वर्षीय ज्योति अधिकारीका जुल्याहा छोराछोरीको सुतिरहेकै ठाउँमा किचिएर मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया इसिता अधिकारी र निशान्त अधिकारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अधिकारीको घरमा रहेको पसलमा आएकी ७ वर्षीया रिया खवासको समेत लरीबाट खसेको मार्बलले किचेर मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा मार्बलको ब्लकले किचेर ज्योति अधिकारी समेत घाइते भएका छन् । उनको खुट्टा लरीले किचेको हो ।
प्रहरीले क्रेनको सहायताले मार्बलको ब्लक पन्छाएर उनलाई उद्धार गरी थप उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनापछि लरी चालक फरार भएका छन् । उनको खोजी कार्यसंगै घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ् जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर