Advertisement
ताजा खबर

काठमाडौं उपत्यकामा ५४ वर्षयताकै अत्यधिक वर्षा

प्रतिक्षा खबर
२०८१ आश्विन १२, शनिबार २०:०४

काठमाडौं उपत्यकामा ५४ वर्षयताकै अत्यधिक वर्षा

काठमाडौँ —काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँमा वर्षा मापन हुन थालेदेखि अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ

सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो । विभागको अभिलेखमा शनिबार काठमाडौँमा ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

काठमाडौँमा सन् २००२ मा सबैभन्दा ठूलो धेरै वर्षा भएको थियो । तर त्यसको २२ वर्षपछि शुक्रबार र शनिबार झन् ठूलो वर्षा भएर नयाँ रेकर्ड बनेेकाे छ ।

शनिबार बिहान ८:४५ बजेको रेकर्डअनुसार काठमाडौँको त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ । जबकी सन् २००२ मा १७७ मिलिमिटर मात्रै वर्षा भएको थियो । विमानस्थल वर्षा मापन केन्द्रको यो तथ्यांकले अहिलेसम्मकै सर्वाधिक वर्षा भएको देखिएको मौसमविद् झाले बताए ।

‘काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा योभन्दा पहिले कहिल्यै रेकर्ड भएको थिएन,’ मौसमविद् झा भन्छन्, ‘यो मौसमको अभिलेख राख्न थालिएयताकै सर्वाधिक वर्षा हो । यसको सुक्ष्म अध्ययन गर्न त बाँकी छ । तर मलाई लाग्छ, यहाँ २४ घण्टासम्म नियमित र यति धेरै वर्षा भएको यो नै पहिलोपटक हो ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर