Advertisement
ताजा खबर

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

प्रतिक्षा खबर
२०८३ जेष्ठ १४, बिहीबार ०८:२९

काठमाडौँ । आज (बिहीबार) देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा सुरु भएको छ । गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन् ।

आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद–उल–अज्हा) परेकोले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

त्यसैगरी, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेको छ । यसरी आज बिहीबारदेखि आइतबारसम्म लगातार चार दिन सार्वजनिक बिदा परेकाले अब सोमबार मात्र सरकारी कार्यालयहरू खुल्नेछन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर