Advertisement
ताजा खबर
सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र

☰

महन्थ ठाकुर प्रतिगमनको मतियार बनेको आरोप,अध्यक्ष यादव

प्रतिक्षा खबर
२०७८ भाद्र १३, आईतवार २०:४३

१३ भदौ, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् । महन्थ ठाकुर समूह संसद विघटन गर्ने केपी शर्मा ओलीको मतियार बनेको उनको आरोप छ ।
जसपाले आइतबार भैरहवामा गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दुई पटक संसद विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुईपटक मृत्युदण्डको सजाय दिएको टिप्पणी गरे ।
‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ । सात प्रदेशको संरचना बदल्नुपर्छ,’ उनले भने । राज्य पुनर्संरचना सच्याउन आवश्यक रहेको भन्दै उनले तराई र पहाडका जिल्लालाई मिसाएर प्रदेश बनाइएकाले नै समस्या भएको बताए ।
सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अगाडि भने, ‘पहाडका साथीहरुले बोल्दा मधेसका साथीहरुलाई भाषण बुझ्न गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो ।’
अध्यक्ष यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको धारणा राखे । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर