Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

अध्यादेश पारित गर्न राष्ट्रिय सभामा जसपा निर्णायक

प्रतिक्षा खबर
२०८१ माघ २२, मंगलवार २१:०७

 संसदमा पेश भएको अध्यादेश पारित गर्न प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भएपनि राष्ट्रिय सभामा समस्या पर्ने देखिएको छ ।  ५९ सदस्यीय राष्ट्रिय सभामा सामान्य बहुमतका लागि ३० सांसद चाहिन्छ ।

तर सत्तापक्ष नेपाली कांग्रेसका १६, एमालेका १० र लोसपाका १ सांसद छन् । मनोनीत सांसद अञ्जान शाक्यले पनि सरकार पक्षलाई नै साथ दिने निश्चित भएकाले सत्तापक्षसँग २८ सांसद पुग्ने देखिन्छ ।

वामदेव गौतम, अञ्जन शाक्य र नारायण दाहाल मनोनीत सांसद हुन् । उनीहरूलाई ह्वीप लाग्दैन । बामदेवले कता साथ दिन्छन् भन्ने खुलेको छैन ।

राष्ट्रिय सभाको पछिल्लो गणितलाई हेर्दा अध्यादेशससिहत कुनैपनि विषयमा बहुमतले निर्णय गर्न ३० जना सांसद आवश्यक पर्छ तर तत्काल त्यो संख्या नहुँदा सत्तापक्षलाई सकस पर्ने देखिन्छ । यस्तो अवस्थामा जसपाको साथ सरकार पक्षले खोज्ने देखिएको छ । राष्ट्रिय सभामा जसपाका ३ सांसद छन् ।

जसपाले सरकारलाई समर्थन गरेपनि यो पार्टी सरकारमा सहभागी छैन । राष्ट्रिय सभामा अल्पमतमा पर्ने देखिएपछि सरकार पक्षले जसपासँग साथ मागेको बुझिएको छ । सोही कारण जसपाले सांसद राजकिशोर यादव नेतृत्वमा अध्यादेश अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

उक्त कार्यदलको बैठक मंगलबार बसेर प्रतिवेदन तयार पार्ने र उक्त प्रतिवेदनका आधारमा जसपा संसदीय दलले अध्यादेशमा के गर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।

विपक्षी दलबाट राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ र जनमोर्चा १ सांसद छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर