रामगोपालपुर, महोत्तरी
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गत पर्ने मुख्य बजार एरियामा खुला मदिराको बिक्री वितरण व्यापक रूपमा भइरहेको पाइएको छ । स्थानीय प्रशासन र प्रहरीको आँखाकै अगाडि मुख्य बजार क्षेत्र र चोकहरूमा अवैध रूपमा खुला मदिराको कारोबार भइरहँदा पनि कसैले नियन्त्रणको प्रयास नगरेको स्थानीयवासीको आरोप छ ।

विशेषगरी अहिले चलिरहेको दुर्गा पूजा (दशैं) को अवसरमा राति अबेरसम्म बजार क्षेत्रमा मेला लाग्ने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको बाक्लो चहलपहल हुने गरेको छ । यस्तो संवेदनशील समयमा वडा नं. ४ र ५ का बजार क्षेत्रमा जहातही खुला मदिरा बिक्री भइरहँदा, मदिरा सेवन गर्नेहरूको हुलदंगा र अभद्र व्यवहारले गर्दा पूजा अर्चना गर्न आउने भक्तजनहरू अत्यन्तै त्रसित र भयभीत बनेका छन् । मेला भर्न निस्कने महिला तथा बालिकाहरूले बजार क्षेत्रमा असुरक्षित महसुस गरिरहेका छन् ।

प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न
चाडबाडको बेला सुरक्षा व्यवस्था कडा पार्नुपर्नेमा उल्टै स्थानीय प्रहरीकै आन्तरिक सहयोग र मिलेमतोमा अबेर रातिसम्म खुला मदिरा बिक्री भइरहेको स्थानीयहरूको दाबी छ । अवैध बिक्री भइरहेका मुख्य बजारका पसल र ठाउँहरूमा प्रहरीको आउजाउ र उपस्थिति हुँदा पनि कुनै कारबाही नहुनुले सुरक्षाकर्मीमाथिको शंका झनै बढाएको छ । “प्रहरीकै संरक्षण र आर्थिक चलखेलमा यो सब भइरहेको छ, नत्र यस्तो भीडभाड र पवित्र चाडका बेला बजारको मुख्य ठाउँमै यसरी खुला रूपमा मदिरा बेच्ने हिम्मत कसैको हुँदैनथ्यो,” वडा नं. ४ का एक स्थानीयले आक्रोश पोखे ।

पवित्र सांस्कृतिक पर्व दुर्गा पूजाको गरिमालाई धुमिल पार्ने र बजार क्षेत्रको शान्ति सुरक्षा खल्बलाउने गरी भइरहेको यो विकृतिलाई तत्काल रोक्न, खुला मदिरा जफत गर्न र बजार एरियामा सुरक्षा व्यवस्था चुस्त बनाउन वडा नम्बर ४ र ५ का आम नागरिकले सम्बन्धित निकाय तथा उच्च प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् ।