Advertisement
ताजा खबर

मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ

प्रतिक्षा खबर
२०७८ भाद्र २६, शनिबार २०:३७

२६ भदौ, । मानव वेचबिखनको आरोपमा सिराहाबाट दुई महिला पक्राउ परेका छन् । दुई युवतीलाई भारततर्फ लग्ने क्रममा उनीहरुलाई सिरहाको नरहा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बेंगरीकी २८ बर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ बाखैरकी ३५ बर्षीया उषा देवी मलाह रहेको प्रहरीले जनाएको छ ।
१९ र १६ बर्षकी दुई युवतीलाई भारततर्फ बेच्न लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
ती युवतीलाई लहान आश्रममा मासिक ५० हजार रुपैयाँको दरले काममा लगाइदिने भनी बोलाएको र लहान बोलाइसकेपछि यहाँभन्दा अझ राम्रो काम जनकपुरमा पाइन्छ भन्दै त्यसतर्फ लगिरहेका थिए ।
तर, सिरहा माडर छिर्ने चोहर्बा चोकमा ओरालेर माडरतर्फ लग्न खोज्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर