• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपाले १६ नेतालाई कार्यकारिणी समितिबाट हटायो, ठाकुरको अध्यक्ष पद गयो


महन्थ ठाकुरको वक्तव्य : उपेन्द्र समूहको निर्णय अमान्य

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ
जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ ।
आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति थियो, अब ३५ सदस्यीय भएको छ’ उनले भने ।
ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको नेता गंगानारायण श्रेष्ठले बताए । एक नेताका अनुसार पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएपछि के गर्ने भन्नेबारे छलफल भइसकेको छैन ।
कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यबाट भने हटाइएको छैन । एक नेता भन्छन्, ‘अब हामीले कारबाही गर्‍यौं वा उहाँहरुले राजनीतिक दलसम्बन्धी ऐनअनुसार कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत नपुर्‍याई नयाँ दल दर्ता गर्नुभयो भने सांसद पद जाला । अहिले यसमा केही गरिएको छैन ।
जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । यो बैठकमा भदौदेखि मंसिरसम्म चार महिने संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव समेत पेश हुनेछ ।
पार्टीको विधानमा केन्द्रीय समिति ८०० सदस्यीय हुने भनिएको भएपनि ७७९ जना मात्र थिए । उनीहरुमध्ये ५०० भन्दा बढीको पार्टीको मुल धारमा आएको जसपाका नेताहरुले बताएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२५ श्रावण २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२५ श्रावण २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२५ श्रावण २०७८, सोमबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२५ श्रावण २०७८, सोमबार
Next Post
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

पाकिस्तानमा हिन्दुहरुको मन्दिरमा भएको तोडफोड प्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यानाकर्षण

पाकिस्तानमा हिन्दुहरुको मन्दिरमा भएको तोडफोड प्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यानाकर्षण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh