Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

उद्धार कुर्दाकुर्दै साउदीमै अस्ताए कृष्ण, छोराको मुख हेर्ने आमाको धोको अधुरै

प्रतिक्षा खबर
२०८१ पुष २४, बुधबार १७:४८

२४ पुस, जनकपुरधाम । ६ वर्षदेखि साउदी अरबबाट उद्धार कुरिरहेका धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजका कृष्णकुमार यादवको मृत्यु भएको पुष्टि भएको छ । गत २ जनवरी (१८ पुस) मा उनको उपचारको क्रममा दमामस्थित साउद अल बपतानिया अस्पतालमा मृत्यु भएको हो ।

दमाममै वैदेशिक रोजगारमा रहेका लुम्बिनीका नेपाली स्फाक खानका अनुसार अचानक छाती दुखेपछि कृष्णलाई गत २७ डिसेम्बर राति अस्पताल भर्ना गरिएको थियो । हृदयघातका कारण स्वास्थ्य समस्या जटिल देखिएको भन्दै उनको शल्यक्रिया गरिएको थियो । तर, चिकित्सकले उनलाई बचाउन नसकेको अस्पताललाई उद्धृत गर्दै खानले  बताए ।

‘हामी ८ जना सवारीचालक एउटै कोठामा बस्थ्यौं । २७ डिसेम्बर राति कृष्णले अचानक छाती दुख्न थालेको सुनाए । छटपटाउन थालेपछि हामीले उहाँलाई अस्पताल पुर्‍यायौं,’ खानले भने ।

‘डाक्टरले हर्टअट्याक भयो, अवस्था जटिल भएकाले अप्रेसन गर्नुपर्छ भन्नु भएको थियो । अप्रेसन पनि भयो । तर, उपचारको क्रममा २ जनवरीमा कृष्णको निधन भयो,’  खानले भने ।

उनका अनुसार अहिले कृष्णको शव अस्पतालमै छ । उनी अगाडि भन्छन्, ‘उपचार खर्च तिरेर अस्पतालबाट शव ल्याउन त सकिन्छ । तर, कृष्णमाथि अदालतमा मुद्दा रहेकाले गाह्रो छ ।’

कृष्णसँगै तीन महिनादेखि एउटै कोठामा बस्दै आएका सिरहाको कर्जन्हा नगरपालिका-३ बन्दीपुरका अजय पासवानले भने, ‘कृष्णलाई समस्या परेको थाहा पाएपछि हामीले सहयोग गर्दै आइरहेका थियौं । अचानक बिरामी परेपछि अस्पताल पुर्‍यायौं । तर, उपचारको क्रममा उहाँको मृत्यु भयो ।

‘जिउँदोमा घर जान पाउनु भएन । अब कम्तीमा सरकार र सम्बन्धित पक्षले कृष्णको लास घरसम्म पुर्‍याइदिन सहयोग गरिदिनु पर्‍यो,‘ अजयले भने ।

छोराको मुख हेर्ने आमाको धोको अधुरै

कृष्णको मृत्युको खबरले जिउँदो छोरा फर्काउने ७५ वर्षीय बुबा बिल्टुको प्रयास अधुरै बन्न पुगेको छ ।

आफू मर्नुअघि छोरा कृष्णको एक पटक अनुहार हेर्ने ७१ वर्षीया जिवछीको धोको पनि अब कहिल्यै पूरा नहुने भएको छ ।

दोस्रोपटक साउदी पुगेका कृष्णमाथि मुद्दा लागेपछि उनले घरमा पैसा पठाउन छाडे । घर धान्ने सबै जिम्मेवारी उनकी पत्नी सीतामाथि आइपर्‍यो । सीताले ज्यालामजदुरी गरेर अहिले जेनतेन परिवार धानिरहेकी छन् ।

छोरा फर्काउन बुबा बिल्टुले अथक प्रयास गरिरहेका थिए । गाउँबस्ती चहारेर उनले आर्थिक सहयोग जुटाउने प्रयास गरिरहेका थिए । तर, पर्याप्त रूपमा आर्थिक संकलन हुन सकेको थिएन । छोरा फर्काउने सपना बोकेर बुढ्यौली उमेरमा पनि उनी निरन्तर संघर्षरत थिए । तर, उनको त्यो सपना पूरा हुन सकेन ।

कृष्णको मृत्यु खबरले घरपरिवार अहिले शोकमा डुबेको छ । कृष्णका एक छोरा र चार छोरी छन् । जेठी छोरी कविताको बिहे भइसकेको छ । छोरा १७ वर्षीय विनोद, छोरीहरू १५ वर्षीया सविता, १३ वर्षीया सरिता र ११ वर्षीया ववतिा छन् । सम्पत्तिको नाममा १३ धुरमा एउटा पक्की घर छ । कृष्णले पहिलोपटक विदेश जाँदा कमाएर पक्की घर खडा गरेका थिए ।

दोस्रोपटक साउदी पुगेका कृष्णमाथि मुद्दा लागेपछि उनले घरमा पैसा पठाउन छाडे । घर धान्ने सबै जिम्मेवारी उनकी पत्नी सीतामाथि आइपर्‍यो । सीताले ज्यालामजदुरी गरेर अहिले जेनतेन परिवार धानिरहेकी छन् ।

एक वर्षदेखि मुटुको क्यान्सरले थलिएकी जिवछी जेठी छोरी प्रमिलाको घरमा मृत्युसँग लडिरहेकी छन् । उनको रेखदेखसँगै छोरा फर्काउने प्रयासमा बिल्टु पनि उतै बस्ने गरेका छन् ।

६ वर्षदेखि उद्धार कुर्दै थिए कृष्ण

स्वदेशमा रोजगारी नपाएपछि परिवारको उज्वल भविष्य खोज्दै दोस्रो पटक कृष्ण ७ वर्षअघि साउदी अरेबिया पुगेका थिए । सन् २०१८ कृष्ण एएस इन्टरनेसनल ग्रुप प्रालि नामक म्यानपावर कम्पनीमार्फत सउदी अरेबियाको अल–रहमान अब्दुल्लाह अल–हरबी अलबाकरिया कम्पनीमा पुगेका थिए । परिवारजनका अनुसार उनी त्यहाँ ट्रक चालकको काम गर्थे । तर, कम्पनीले उनलाई चालक अनुमतिपत्र उपलब्ध गराएको थिएन । जबर्जस्ती गाडी चलाउनु पर्दा प्रहरीले जरिबाना काट्थ्यो । जरिवाना कम्पनीले तिर्दैन्थ्यो । कम्पनीले न त समयमै तलबभत्ता दिन्थ्यो । तलब माग्दा कम्पनीले उल्टै उनीमाथि दुर्व्यवहार गर्थ्यो ।

कृष्णलाई उद्धार गर्न सामाजिक अभियन्ता सरोज रायले निकै प्रयास गरेका थिए । तर, दूतावासको गैरजिम्मेवारीले विदेशमै उनको दुखान्त निधन भएको सरोज आरोप लगाउँछन् ।

यही विषयमा कम्पनीसँग उनको विवाद भइरहन्थ्यो । सामाजिक अभियन्ता सरोज रायका अनुसार एक वर्षपछि त्यहाँ कार्यरत कृष्णसहित १९ जना मजदुरहरू कम्पनीबाट भाग्न बाध्य भए । तीमध्ये १६ जना भारतीय थिए । जसलाई भारत सरकारले उद्धार गर्‍यो । तर, तीन जना नेपालीहरू साउदीमै अलपत्र परे । कम्पनीले कृष्णविरुद्ध पहिलो कोर्टमा झुटो मुद्दा दर्ता गरायो । उनी साउदीमै फस्न पुगे । उनको वर्क परमिट पनि कम्पनीले अवैध बनाएको थियो । न त उनी कानुनी रूपमा काम गर्न सक्थे, न त नेपाल फर्किन । कोर्टले केही समयपछि २२ हजार रियल हानिनोक्सानी गरेको बापत कृष्णमाथि जरिबाना फैसला सुनायो । अदालतबाट उनलाई पक्राउ पुर्जी समेत जारी भयो । लुकिछिपी बस्दै आएका उनले घर फर्किन साउदी अरेबियास्थित दूतावास र सामाजिक अभियन्ताहरूलाई हारगुहार लगाइ रहे ।

दूतावासले सहयोग नगरेको आरोप

कृष्णलाई उद्धार गर्न सामाजिक अभियन्ता सरोज रायले निकै प्रयास गरेका थिए । तर, दूतावासको गैरजिम्मेवारीले विदेशमै उनको दुखान्त निधन भएको सरोज आरोप लगाउँछन् ।

‘कृष्णको घरपरिवार र उनी अलपत्र परेको थाहा पाएपछि सन् २०२३ मा नेपाल सरकार र साउदीस्थित नेपाली दूतावासलाई बारम्बार अनुरोध गरें । दमामका दूतावास अधिकारी, राजदूत र अन्य कर्मचारीहरूसँग बारम्बार इमेल, म्यासेज र फोनमार्फत ध्यानाकर्षण गराएँ । तर, हरेकपटक उनीहरूले एउटा ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न मात्र भने, हामी प्रयास गरिरहेका छौं भने । यो गैरजिम्मेवारीले कृष्णालाई सहयोग गर्न निकै कठिन भयो,’ राय भन्छन् ।

रायका अनुसार कृष्णाले आफूलाई पटक-पटक सम्पर्क गरेर साउदीमा लुकिछिपी बस्नु परेको पीडा सुनाउँने गर्थे ।

कृष्णालाई उद्धार गर्ने बहानामा केही व्यक्तिले आर्थिक सहयोग उठाएर ठगी गरेको पनि रायको आरोप छ ।

बुबा बिल्टुले जिउँदो फर्काउन सरकारसहित सम्बन्धित पक्षले सहयोग नगर्दा छोराले अकाल मृत्युवरण गर्नु परेको दुखेसो पोखे ।

‘सरकार र सम्बन्धित पक्षले चाहेको भए समयमै मेरो छोरा सकुशल फर्किन सक्थ्यो । मैले धेरै ठाउँमा प्रयास गरें । गुहार लगाएँ । तर, छोराले विदेशमै ज्यान गुमाउनु पर्‍यो,’ बिल्टुले दुखेसो गर्दै भने ‘अब मरेको छोराको लास समयमा ल्याइदेऊ सरकार । मर्न लागेकी आमालाई मृत छोराको अनुहार देखाइदेऊ सरकार ।’

दूतावासले पहल गरेकै हो, तर उनी सम्पर्कविहीन भए

साउदी अरेबियाको दमामस्थित नेपाली दूतावासका प्रतिनिधि नारायण पासवानले कृष्णको मृत्यु भएको पुष्टि गरे । उनले उनको शव नेपाल पुर्‍याउने प्रक्रियामा दूतावास अघि बढेको बताए । कृष्णको उद्धारका लागि दूतावासले काम गरिरहेकै बेला उनी सम्पर्कविहीन भएको दाबी गरे ।

‘कृष्णकुमार यादव कम्पनी छोडेर भागेको कारण जारिबाना हालेको थियो । यहाँ कफाला सिस्टम भएकोले कम्पनी छोड्दा अवैध हुन्छ ।  तसर्थ, कम्पनीले उनीमाथि फाइन केस गरेको थियो । यस्तो अवस्थामा फाइन तिर्नुपर्ने हुन्छ कि पुरानै कम्पनीमा फर्किएर काम गर्नुपर्ने हुन्छ,’ पासवानले भने ।

उनले अगाडि भने, ‘एक पटक कृष्णले मसँग भेट गरेको पनि हो ।  त्यसपछि उनी सम्पर्कविहीन भए । कुरै नबुझी मान्छेल दूतावासमाथि आरोप मात्रै लगाएको हो, यो गलत छ । कम्पनीमै बसेर न्याय खोज्नुपर्छ । मजदुरहरूको न्यायका लागि यहाँ ठाउँठाउँमा लेबर कोर्ट छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर