राजेश सिंह,गाैशाला, माघ १३ गते ।
महाेत्तरीकाे अाैरही नगरपालिकामा जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन गरिएको छ । मंगलबार अाैरही नगरपालिका अन्तर्गत जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन हाे ।
युराेपियन युनियन र अष्ट्रियन विकास नियाेगकाे आर्थिक सहायता, आड्रा नेपालकाे नेतृत्व तथा रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे साझेदारीमा संचालित जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत १.१.२.३ संस्था समुहहरुकाे संजाल गठन गरिएका छन् ।
युराेपियन युनियन र अष्ट्रियन विकास नियाेगकाे आर्थिक सहायता, आड्रा नेपालकाे नेतृत्व तथा रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे साझेदारीमा धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका, महाेत्तरीकाे बर्दिवास, भंगाहा, अाैरही र गाैशाला नगरपालिकाहरुमा संचालित जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत अाैरही नगरपालिकामा राम प्रवेश यादवकाे संयोजकत्वमा ७ सदस्य समिति गठन गरिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख: सुनिल कुमार यादव, विशिष्ट अतिथि वडा नम्बर १ का वडा अध्यक्ष: राजकिशाेर चाैधरी, वडा नम्बर २ वडा अध्यक्ष: विनोद पजियार, वडा नम्बर ९ वडा अध्यक्ष: गाैरी शंकर झा, अान्तरिक प्रशासन शाखा: श्याम प्रसाद गाैतम, कृषि शाखा: कविता विष्ट, हेल्थ फाेकल परसन: रवीन्द्र कुमार यादव, महिला तथा बालबालिका शाखा: रिता बलि, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) का अध्यक्ष: नागदेव यादव, संस्थापक उपाध्यक्ष: साेम बहादुर कार्की, कार्यकारी निर्देशक: सुशील ढकाल, लिरिक परियोजनाका साझेदार संस्था रुपान्तरणका विराट पन्त, परियोजना फिल्ड संयोजक: निल बहादुर लुम्रे, मुल्यांकन तथा अनुगमन अधिकृत: निशा श्रेष्ठ, कृषि प्राविधिक: दिनेश यादव, वरिष्ठ प्रशासकीय अधिकृत: कृष्णदेव सुनरैत, कार्यक्रम संयोजक: विवेक कुमार यादव, स्वास्थ्य संयोजक: सुशील गाेईत, कृषि फिल्ड अधिकृत: मिना मगर लगायत संचारकर्मीहरु उपस्थिति रहेको थियो ।






