Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

शिक्षा इकाई कार्यालय धनुषामा यादवको ‘भष्टाचार शुर

प्रतिक्षा खबर
२०७७ कार्तिक २३, आईतवार १८:२१

शिक्षा विकास तथा समन्वय इकाई धनुषाबाट सरुवा भएका कर्मचारी सरुवा बदर गराउन आर्थिक चलखेल थालेका छन् । शिक्षा विकास तथा समन्वय इकाई धनुषाको प्रशासन फाटमा कार्यरत जयराम यादव सरुवा रोक्न आर्थिक चलखेल सुरु गरेको हो ।
धनुषामा शिक्षक जिल्लाअन्तर सरुवा, राहत शिक्षकको सरुवा र नियुक्त तथा कार्यालयको गतिविधिमा अनियमितता गरेको आरोप लागेका यादव सरुवा भएको एक महिना भएपनि रवाना बुझेको छैन । सरुवा भएर जानुको साटो यादव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भनसुन गराएर सरुवा रोक्न आर्थिक चलखेल थालेका हुन् ।
यादवले सरुवा रोक्न नेकपाका केही नेतालाई आर्थिक प्रलोभनमा पारेका छन् । आर्थिक प्रलोभनमा परेका नेकपा नेताले यादवको सरुवा रोकाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र मन्त्रालयका सचिव स्तरमा समेत पहल गरेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असोज ३१ गतेको निर्णय अनुसार यादवको शिक्षा विकास तथा समन्वय इकाई सप्तरी सरुवा भएको छ । सरुवा भएका यादव सप्तरी नजान राजनीति, जातीय र आर्थिक चलखेलमा लागेको शिक्षा विकास तथा समन्वय इकाई धनुषाका कर्मचारी बताउँछन् ।
कर्मचारीका अनुसार लेनदेनमा सहमति भइसकेकोले सरुवा भएका कर्मचारीलाई पुनः धनुषामै राख्न मन्त्रालयबाटै पत्र पठाउने तयारी भएको छ । यादव निकट कर्मचारीका अनुसार सरुवा रोकाउन यादवले नेता र कर्मचारी बृतमा ५ लाखभन्दा बढी खर्चेका छन् ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर