Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

उपेन्द्र यादवले बोलाए आफ्ना सांसद र नेतालाई, सरकारमाथिको समर्थनका विषयमा निर्णय गर्ने

प्रतिक्षा खबर
२०८१ बैशाख २५, मंगलवार ११:३३

जनता समाजवादी पार्टी जसपा नेपालले बाँकी रहेका आफ्ना सांसदलाई छलफलमा बोलाएको छ । अमेरिकाबाट फर्किए लगत्तै अध्यक्ष यादवले सांसदहरुलाई छलफलमा बोलाएका हुन् ।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवसँग अहिले उनीसहित ५ सांसद मात्रै छन् । पार्टी प्रवक्ता मनिष सुमनले बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे निर्णय लिइने उनले बताए ।
यादवले महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेकाले महाधिवेशन नरोकिने बताएका छन् । समाजवादीले जेठ २८ गते जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
आजको बैठकमा पार्टी विभानजपछिको अवस्था र महाधिवेशनका विषय नै मुख्य एजेण्डा रहेको सुमनले बताए । सुमनका अनुसार निर्वाचन आयोगको भूमिकाका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
यादव अमेरिका भ्रमणमा रहेका बेला गत आइतबार जसपाका १२ मध्ये सात सांसदले पार्टी छोडेका थिए । विभाजनपछि गठन भएको जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन् । उनको पक्षमा सात जना सांसद छन् । राईले प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा नयाँ पार्टी जसपा दर्ता गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर