Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

प्रतिनिधि सभा निर्वाचन : सिरहाको एकै क्षेत्रबाट ५ पूर्वमन्त्री प्रतिस्पर्धामा

प्रतिक्षा खबर
२०८२ माघ ७, बुधबार ०८:४३

७ माघ, सिरहा । उम्मेदवारी दर्तासँगै सिरहामा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । तामझामका साथ उम्मेदवारी दर्ता गरेका नयाँ-पुराना दलहरुले विभिन्न शैलीमा प्रचार थालिसेका छन् ।

जिल्लाका ४ निर्वाचन क्षेत्रमा नयाँ पुराना अनुहारबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मन्त्री बनिसकेकादेखि पहिलोपटक राजनीतिमा प्रवेश गरेका व्यक्तिहरु प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा त पाँच जना पूर्वमन्त्रीको प्रतिस्पर्धा हुँदैछ ।

फागुन २१ गते हुने निर्वाचनमा कांग्रेस, एमाले, नेकपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सिरहा–१ मा नेपाली कांग्रेसले नयाँ अनुहार रामसुन्दर चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले ०७९ मा यही क्षेत्रबाट विजयी रामशंकर यादवलाई पुनः दोहोर्‍याएको छ । त्यसबेला यादवले कांग्रेसका पदम नारायण चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए ।

नेपाली कम्युनिस्ट पार्टीबाट रामचन्द्र यादव उम्मेदवार बनेका छन्, जो एमाले विभाजनपछि एकीकृत समाजवादी हुँदै पुनः राजनीतिक यात्रामा सक्रिय भएका हुन् ।

जसपाबाट सत्यनारायण यादव मैदानमा छन् । उनले विभिन्न दल बदल्दै पुनः जसपा नेपाल फर्केर उम्मेदवारी दिएका हुन् ।

जनमत पार्टीले अन्तिम समयमा कांग्रेसका रामस्वरुप चौधरीलाई भित्र्याएर उम्मेदवार बनाएको छ भने रास्वपाले खेलकुदमन्त्रीबाट राजीनामा दिएका बब्लु गुप्तालाई उम्मेदवार बनाएको  छ । श्रम संस्कृति पार्टीका जीवछ ठाकुर पनि मैदानमा छन् ।

सिरहा–२ मा कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव उम्मेदवार बनेका छन् । उनी संविधानसभा सदस्य भइसकेका हुन् । विगतका निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका यादव यसपटक पुनः उम्मेदवार बनेका हुन् ।

एमालेले नवीन यादवलाई नयाँ अनुहारका रूपमा अघि सारेको छ । जनमत पार्टीबाट विनोदकुमार यादव उम्मेदवार बनेका छन्, जो ०७९ मा तेस्रो स्थानमा थिए ।

रास्वपाबाट शिव शंकर यादव (शिव) उम्मेदवार बनेका छन् । उनी जेनजी आन्दोलनमा सक्रिय थिए । नेकपाबाट मुक्ति सिंह र श्रम संस्कृति पार्टीबाट गंगाराम ठाकुर मैदानमा छन् ।

सिरहा–३ मा एमालेका पूर्वमन्त्री लिलानाथ श्रेष्ठ पुनः उम्मेदवार बनेका छन् । उनले ०७९ मा यही क्षेत्रबाट जित हासिल गरेका थिए । नेकपाबाट विश्वनाथ साह उम्मेदवार छन्, जो अघिल्लो निर्वाचनमा पराजित भएका थिए ।

कांग्रेसले नयाँ अनुहारका रूपमा डा. सुभाष चन्द्र यादवलाई अघि सारेको छ । जसपाबाट अशेश्वर यादव उम्मेदवार बनेका छन् । जनमत पार्टीबाट रोहित महतो, रास्वपाबाट डा. शम्भु यादव, उज्यालो नेपाल पार्टीबाट श्रवण पासमान र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुजन सिंह उम्मेदवार छन् ।

सिरहा–४ यसपटक जिल्लामै सबैभन्दा चर्चित क्षेत्र बनेको छ । यहाँ पाँचजना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव, जनमत पार्टीका पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतो, नेकपाका अजयशंकर नायक, एमालेका धर्मनाथ साह र बहुजनशक्ति पार्टीका विश्वेन्द्र पासवान उम्मेदवार छन् ।

कांग्रेसबाट चन्द्रकला देवी यादव र रास्वपाबाट तपेश्वर यादव उम्मेदवार बनेका छन्। दुवै नयाँ अनुहार हुन्।

चारै क्षेत्रमा अनुभवी नेता, दल फेरेका पुराना पात्र र नयाँ पुस्ताका प्रतिनिधिबीचको प्रतिस्पर्धाले सिरहाको चुनावलाई यसपटक झनै रोचक बनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर