जब जब अाउँछ बलिको कुरा
भन्छन् तब मात्र हुन्छ मनको इच्छा पूरा
किन गर्छन् समाजले,
स्त्रीलाई त्यसै बदनाम?
संस्कृति छ हाम्रो सर्वश्रेष्ठ
बलि ठूलो कलंक बन्यो
कोही त भन्नुस मलाई
प्रथा कहिलेदेखि,कहाँबाट चल्यो?
देवी त हुन् नारी
नारी मन निष्पाप
दिन्छौ बलि निरीहलाई
अाफ्नै बढाउँछौ पाप।
पढेकै छैन मैले
पोथी र पुरान,
जननी रुप हुन् देवी
कसरी लिन सक्छिन ज्यान?
बलि चढाऊ स्वार्थको
बलि गर अहंकार,
छल र द्वेष पाल्दै
निरीहलाई हान्छौ मार।
अन्धो भइराछ समाज
अाफ्नो सुखको अगाडि
पाप र हत्या गर्न
देवीसित रक्षा माग्।
टाउको चढेर कराउँछ
हत्याको यो पाप
छोडिदेऊ देवी अासन अाफ्नो
मान्छे भए पापी गर्छन् ठूलाठूला पाप।।
राम यादव,धनुषा









































































































