Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

एकडारामा बोक्सी कुप्रथा बिरुद्धको , सचेतना मुलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन

प्रतिक्षा खबर
२०७९ असार ४, शनिबार १७:४०

गोपाल झा
महोत्तरी , ४ अषाढ
महोत्तरीको एकडारामा बोक्सी कुप्रथा विरुद्धको अभियान सप्पन्न भएको छ । एकडारा गाँउपालीकाको संयोजन मा शुक्रबार एकडाराका जनता माझ … मान्छे बोक्सी हुन्न कहिल्यै’शिक्षामुलुक सचेततामुलुक बोक्सी कुप्रथाविरुद्ध बनाइएको चलचित्र ‘अग्निदहन’ प्रदर्शन गरीएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एकडारा गाँउपालीकाका अध्यक्ष दिपनारायण मण्डल तथा बिशेष अतिथी ससस्त्र प्रहरीका पुर्ब एसएसपी रबिन्द्र ठाकुर हुनुहुन्थ्यो । बोक्सीको आरोपमा भईरहेको घटना न्युनिकरणका लागी अभियान संचालन गरीएको छ । बोक्सीको आरोपमा कुटपिट , हत्या र दुरब्यवहारका घटनाहरु सार्बजनिक भए पछी ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान अन्तर्गत उक्त कार्यक्रम गरीएको छ ।
कार्यक्रममा बोक्सी कुप्रथाविरुद्ध बनाइएको चलचित्र ‘अग्निदहन’ प्रदर्शन, बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजाय सम्बन्धमा बनेको ऐनबारे जनचेतना फैलाउने गीत संगीत देखाइएको छ । जिल्लामा बोक्सीको आरोपमा भईरहेको घटना न्युनिकरणका लागी जनचेतनामुलक कार्यक्रम गरिएको राष्ट्रीय जागरन प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्यायले बताएका हुन् ।
चलचित्र, गीत र ऐनकानुन सबै मैथिली भाषामै तयार गरी स्थानीयलाई जानकारी गराइएको अध्यक्ष उपाध्यायले बताए । ‘अभियानले समाजमा बोक्सी हुन्छ भन्ने भ्रम चिर्न ठुलो टेवा पुग्ने उपाध्यायले बिश्वास बयक्त गरेका हुन् । महोत्तरीमा बोक्सीको आरोपमा दर्जनौ कुटपिट र अमानवीय व्यवहारका घटनाहरु हुँदै आएको छ ।
करीब दुई घण्टाको लघुचलचित्र हेरेपछी कार्यक्रमका प्रमुख अतिथी तथा एकडारा गाँउपालीकाका अध्यक्ष मण्डलले कथित बोक्सीको आरोपमा बढिरहेका घटनाविरुद्ध अभियानले समाजमा चेतना जगाउने र यस्ता घटना न्युनिकरण हुने तथा मान्छेमा ब्याप्त रहेको भ्रम चिर्न ठुलो मदत पुग्ने बिश्वास ब्यक्त गरेका हुन् । अध्यक्ष मण्डलले समाजमा कुरीतिको रूपमा रहेको बोक्सी कुप्रथा उन्मूलन गर्न यस्ता चेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्ने बताउनु भयो  ।
करीब तिन सय जनाको उपस्थितीमा बेलुका करीब ८ बजे सुरु भएको अग्निी दहन नामक चलचित्र राती १० बजे सकीएपछी बोक्सीविरुद्धको अभियानमा ‘बोक्सी हुन्छ’ भन्ने भ्रम हटाएको चलचित्र देखेकी स्थानिय कलाबती देबीले बताईन् ।
कार्यक्रममा सहभागी करिब ३ सय जना व्यक्तिले अब बोक्सी आरोपमा कुनै पनि घटना नगर्ने प्रतिबद्धता समेत जनाए । उक्त अभियान महोत्तरीको १० गाँउपालीका र ५ नगरपालीका सहित १५ ओे स्थानिय तहमा संचालन गरीने बताईएको छ ।
उक्त अभियान महिला बिभाग , प्रदेश सरकार , स्थानीय सरकार र नेपाल प्रहरीको समन्वय तथा सहकार्यमा संचालन गरीएको छ । अभियानका क्रममा प्रदर्शन गरिएको बोक्सीविरुद्धको चलचित्र ‘अग्निदहन’ ले २०७५ मा विशेष चलचित्र अवार्ड पाएको प्रतिष्ठानका अध्यक्ष उपाध्यायले जानकारी गराए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर