Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका कारण आफूलाई हटाइयाे

प्रतिक्षा खबर
२०७८ कार्तिक ३०, मंगलवार १९:२५

३० कात्तिक, जनकपुरधाम । मंगलबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट बर्खास्तीमा परेका रामनरेश राय यादवले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका कारण आफूलाई हटाइएको बताएका छन् ।
बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि आफूले मुख्यमन्त्री राउतलाई राजीनामा दिन भनेको यादवले बताए ।
‘मुख्यमन्त्रीलाई भ्रष्टाचारको आरोप लागेपछि राजिनामा दिएर मार्ग प्रशस्त गर्न भनेको थिएँ । नयाँ अनुहारलाई मुख्यमन्त्री बनाएर जनताको बीचमा जानुपर्ने कुरा गरेको थिएँ’ उनले भने, ‘जसको छविमा दाग लागेको छ त्यस्तो छविका व्यक्तिलाई लिएर कसरी निर्वाचनमा जाने ? भनेर कुरा राखेका थियौं ।
यही विषयलाई लिएर आफूलाई बर्खास्त गरिएको यादवको भनाइ छ । ‘हुन त उहाँसँग पछिल्लो पटक भेट भएको छैन । तर, त्यही आक्रोशमा निकालेको हुन सक्छ’ उनले भने ।
यादव तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सरकारमा सहभागी भएका थिए । पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो ।
जसपा बनेपछि पूर्व राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो पक्षसँग विवाद भएपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारमा रहेका पूर्वराजपा समूहका मन्त्री बर्खास्त गरेका थिए । त्यतिबेला उपेन्द्र यादवलाई समर्थन गरेका कारण रामनरेश राय यादवको पद भने जोगिएको थियो ।
तर अहिले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन भन्दै मुख्यमन्त्री राउतले यादवलाई बर्खास्त गरिदिए ।
पार्टी बनाउन र बचाउन आफ्नो अहं भूमिका रहेको भन्दै यादवले आफू जहिले पनि पार्टीको हितमा कुरा गर्ने गरेको बताए । ‘म कहिल्यै पनि पार्टीको अहित हुने काम गर्दिनँ । र, कुनै अनुहारले गर्छ भने त्यो अनुहारलाई परिवर्तन गर्नुपर्छ’ उनले भने ।
सरकारमा कसलाई पठाउने, कसलाई मुख्यमन्त्री या मन्त्री बनाउने त्यो निर्णय पार्टीले गर्ने भएपनि मुख्यमन्त्रीले त्यो कुरा नबुझेको यादवले बताए ।
अब संसदीय दलको बैठक, पार्टीको कार्यकारिणी समिति, केन्द्रीय समितिको बैठकमा मुख्यमन्त्रीको बर्खास्तीको विषय उठाउने उनले बताए । ‘दाग लागेको अनुहारलाई राखेर चुनावमा जान नसकिने कुरा सबै बैठक र नेतृत्व समक्ष राख्छौं’ उनले भने, ‘पार्टीले माग पूरा गर्नुपर्छ । माग सुनुवाइ हुन्छ । किनभने पार्टी कसैको निजी सम्पत्ति होइन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर