Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका कारण आफूलाई हटाइयाे

प्रतिक्षा खबर
२०७८ कार्तिक ३०, मंगलवार १९:२५

३० कात्तिक, जनकपुरधाम । मंगलबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट बर्खास्तीमा परेका रामनरेश राय यादवले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका कारण आफूलाई हटाइएको बताएका छन् ।
बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि आफूले मुख्यमन्त्री राउतलाई राजीनामा दिन भनेको यादवले बताए ।
‘मुख्यमन्त्रीलाई भ्रष्टाचारको आरोप लागेपछि राजिनामा दिएर मार्ग प्रशस्त गर्न भनेको थिएँ । नयाँ अनुहारलाई मुख्यमन्त्री बनाएर जनताको बीचमा जानुपर्ने कुरा गरेको थिएँ’ उनले भने, ‘जसको छविमा दाग लागेको छ त्यस्तो छविका व्यक्तिलाई लिएर कसरी निर्वाचनमा जाने ? भनेर कुरा राखेका थियौं ।
यही विषयलाई लिएर आफूलाई बर्खास्त गरिएको यादवको भनाइ छ । ‘हुन त उहाँसँग पछिल्लो पटक भेट भएको छैन । तर, त्यही आक्रोशमा निकालेको हुन सक्छ’ उनले भने ।
यादव तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सरकारमा सहभागी भएका थिए । पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो ।
जसपा बनेपछि पूर्व राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो पक्षसँग विवाद भएपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारमा रहेका पूर्वराजपा समूहका मन्त्री बर्खास्त गरेका थिए । त्यतिबेला उपेन्द्र यादवलाई समर्थन गरेका कारण रामनरेश राय यादवको पद भने जोगिएको थियो ।
तर अहिले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन भन्दै मुख्यमन्त्री राउतले यादवलाई बर्खास्त गरिदिए ।
पार्टी बनाउन र बचाउन आफ्नो अहं भूमिका रहेको भन्दै यादवले आफू जहिले पनि पार्टीको हितमा कुरा गर्ने गरेको बताए । ‘म कहिल्यै पनि पार्टीको अहित हुने काम गर्दिनँ । र, कुनै अनुहारले गर्छ भने त्यो अनुहारलाई परिवर्तन गर्नुपर्छ’ उनले भने ।
सरकारमा कसलाई पठाउने, कसलाई मुख्यमन्त्री या मन्त्री बनाउने त्यो निर्णय पार्टीले गर्ने भएपनि मुख्यमन्त्रीले त्यो कुरा नबुझेको यादवले बताए ।
अब संसदीय दलको बैठक, पार्टीको कार्यकारिणी समिति, केन्द्रीय समितिको बैठकमा मुख्यमन्त्रीको बर्खास्तीको विषय उठाउने उनले बताए । ‘दाग लागेको अनुहारलाई राखेर चुनावमा जान नसकिने कुरा सबै बैठक र नेतृत्व समक्ष राख्छौं’ उनले भने, ‘पार्टीले माग पूरा गर्नुपर्छ । माग सुनुवाइ हुन्छ । किनभने पार्टी कसैको निजी सम्पत्ति होइन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर