Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महाेत्तरीकाे जलेश्वरमा जसपा नेपालको प्रदर्शन

प्रतिक्षा खबर
२०८२ भाद्र १५, आईतवार २१:१७

प्रदर्शनको क्रममा जसपा  नेपालका नेता कार्यकर्ताहरुले भूमि विधेयक फिर्ता लेउ, मधेशलाई मरुभूमि बनाउन पाइदैन , ओली सरकार मुर्दावाद जस्ता नाराहरु लगाएका थिए ।

जलेश्वरको खैराचौकबाट शुरु भएको विरोध प्रदर्शन जलेश्वरको विभिन्न चोकको परिक्रमा गर्दै नगरपालिका चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासचिव रामकुमार शर्माले मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउन सरकारले भूमि विधेयक ल्याएको बताए ।
चुरे विनाशका कारण मधेश मरुभूमि बन्ने खतरा बढदै गएको बेलामा सरकारले भूमि विधेयकको नाउमा पुनः चुरे विनास गरेर पहाडबाट मान्छे ल्याई मधेशीलाईनै अल्प संख्यक बनाउने प्रयास गरि रहेको बताए ।

राणा र महेन्द्रले मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउन अपनाएको नीति ओली सरकारले समेत पुनरावृति गरेको उनको कथन थियो ।
अर्को प्रसंगमा महासचिव शर्माले जसपा नेपालले भूमि विधेयकको विरोध गर्दै अध्यक्ष उपेन्द्र यादवलाई १९ वर्ष पुरानो गौर घटनामा फँसाउने षडयन्त्र समेत गरि रहेको बताए ।

जिल्ला अध्यक्ष रामनरेश रायको अध्यक्षतामा भएको कोणसभामा केन्द्रिय कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव सहितकाले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर